कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड

राजविराज राजविराज
|
सोमबार, कार्तिक ५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड

सारांश

  •     सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यालय प्रमुखहरुको मासिक बैठकमा उनले यस्तो बताएका हुन् ।
  •       उनले जनसरोकारका विभिन्न कार्यालयहरुमा कर्मचारीद्वारा लेनदेन र काममा ढिलासुस्ती भईरहेको सेवाग्राहीबाट गुनासो आईरहेको भन्दै यसलाई रोक्न प्रमुख जिल्ला अधिकारीले पनि कडाईका साथ आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
  •     “विभिन्न कार्यालयमा सेवा प्रवाहमा समस्या, ढिलासुस्ती, मनपरीतन्त्र तथा आर्थिक चलखेलका कारण बेलाबेलमा जनता र जनप्रतिनिधिबाट समेत आक्रोश व्यक्त भई तनाव उत्पन्न हुने गरेको छ, बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको ध्यानाकर्षण गराउँदै उनले थपे, यस तर्फ कडाईका साथ अनुगमन गर्नु जरुरी छ ।

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक । 

    मधेश प्रदेश सभा सदस्य एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारी कर्यालयको सेवा चुस्तदुरुस्त, निष्पक्ष र भ्रष्टाचार रहित बनाईनुपर्नेमा जोड दिएका छन् ।
    सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यालय प्रमुखहरुको मासिक बैठकमा उनले यस्तो बताएका हुन् । 
    उनले जनसरोकारका विभिन्न कार्यालयहरुमा कर्मचारीद्वारा लेनदेन र काममा ढिलासुस्ती भईरहेको सेवाग्राहीबाट गुनासो आईरहेको भन्दै यसलाई रोक्न प्रमुख जिल्ला अधिकारीले पनि कडाईका साथ आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
    “विभिन्न कार्यालयमा सेवा प्रवाहमा समस्या, ढिलासुस्ती, मनपरीतन्त्र तथा आर्थिक चलखेलका कारण बेलाबेलमा जनता र जनप्रतिनिधिबाट समेत आक्रोश व्यक्त भई तनाव उत्पन्न हुने गरेको छ, बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको ध्यानाकर्षण गराउँदै उनले थपे, यस तर्फ कडाईका साथ अनुगमन गर्नु जरुरी छ ।”
    मधेश प्रदेशका पुर्व शिक्षामन्त्री समेत रहेका उनले सुशासनको प्रत्याभूती गराउन पनि सम्पूर्ण क्षेत्रको सेवा प्रभावकारी बनाईनु आवश्यक रहेको बताए ।
    जिल्लाभरका सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी मग्रातीले आ–आफ्नो कार्यालयबाट निष्पक्ष, विना कुनै लेनदेन र छिटो छरितो सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । उनले भ्रष्टाचार अन्त्य भए मात्र सुशासन कायम हुने भन्दै यसका लागि सबै कर्मचारी जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
मंसापुर र तोपा बिजयी 
मंसापुर र तोपा बिजयी 
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने
क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट