राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, पौष १६, २०७८
|
|
४५ पटक हेरिएको
Shares
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ

सारांश

  •     राजमार्ग बन्द आन्दोलनका क्रममा जिल्लाको भारदहमा राजमार्ग अवरुद्ध गर्दै गरेका जनमत पार्टीका सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलसहित एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यता शुक्रवार विहानदेखि भारदहस्थित राजमार्गमा जनमतका कार्यकर्ताहरुले प्रदर्शन गर्दै एक टिपरमा तोडफोड गरेका छन् ।
  •       यस्तै लहानमा जनमतका कार्यकर्ताहरुले उखु बोकेर प्रदर्शन गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
    जनमत पार्टीले किसानहरुको समस्या समाधान गर्न ११ बुँदे माग राखेर अनिश्चितकालीन राजमार्ग बन्द आन्दोलनलाई निरन्तरता दिँदै शुक्रबार पनि पूर्व–पश्चिम राजमार्गमा बन्दको प्रभावमा परेको छ ।
    राजमार्ग बन्द आन्दोलनका क्रममा जिल्लाको भारदहमा राजमार्ग अवरुद्ध गर्दै गरेका जनमत पार्टीका सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलसहित एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता शुक्रवार विहानदेखि भारदहस्थित राजमार्गमा जनमतका कार्यकर्ताहरुले प्रदर्शन गर्दै एक टिपरमा तोडफोड गरेका छन् । 
    यस्तै लहानमा जनमतका कार्यकर्ताहरुले उखु बोकेर प्रदर्शन गरेका छन ।
    किसानहरुको समस्या समाधान गर्न भन्दै जनमत पार्टीले सुरु गरेको राजमार्ग अवरुद्ध बन्द आन्दोलनका क्रममा सिरहाको लहानमा मनोकामना ड्राइभिङ्ग सेन्टरको गाडी तोडफोड भएको छ ।
     राजमार्ग बन्दको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले को.१ब. ३७२९ नम्बरको कारको सिसा फुटाएका हुन् । सिसा लागेर गाडीमा सवार विजय यादवलाई चोट समेत लागेको छ ।
    जनमतका कार्यकर्ताले विहानैदेखि लहानमा प्रदर्शन गर्दै सडकमा टायर बालेर राजमार्ग समेत अबरूद्ध पारेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती
छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
सप्तरीमा एक साताका लागि निषेधाज्ञा 
सप्तरीमा एक साताका लागि निषेधाज्ञा 
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध