दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीको सुरुङगा नगरपालिका ९ की २१ वर्षिया सविता साहले असार १४ गते विहान एक बच्चा (छोरा) लाई जन्म दिईन । तर, बच्चा जन्मिने बित्तिकै नरोएपछि बच्चा मृत जन्मेको भन्दै परिवारजन स्तब्ध भए ।
सो अवस्थामा सविताका बुवा बसन्त साहले तुरुन्त बच्चालाई एम्बुलेन्समा राखी राजविराजस्थित युनिक सिटी हस्पिटल पु¥याए ।
मुटु र श्वास नचलेको सो शिशुलाई हस्पिटलका डा. राजन जयसवालले भर्ना गरि उपचार सुरु गरे । केही औषधी चलाएर बच्चाको छाती थिचेर उपचार गरेपश्चात् करिब आधा घन्टापछि बच्चाले श्वास फेर्न र मुटुसमेत चल्न थालेको डा. जयसवालको भनाई छ । अस्पतालमा रहेको उच्च प्रविधिको माध्यमले उपचार गरेपछि बच्चाको जीवन जोगियो ।
बच्चाको अवस्थामा केही सुधार आएपछि भेन्टिलेटरमा राखेर दुई दिनको उपचारपछि आईसियुमा ८ दिनसम्म राखेर उपचार गरिएको हस्पिटलका संस्थापक जयप्रकाश ठाकुरले जानकारी दिए ।
सप्तरी सदरमुकाम राजबिराजमै युनिक हस्पिटलले पहिलो पटक भेन्टिलेटर र आईसियुसहितको उपचार सुरुवात गरेको छ । जसकारण शिशुलाई अन्यत्र नलगेर अभिभावक समेतले विश्वास गरेपछि बच्चाको ज्यान जोगाउन सफल भएको उनको भनाई छ ।
दुई बर्ष पहिले बिवाह भएको सविताका पति अशोककुमार साह अहिले बैदेशिक रोजगारमा छन । सविताको यो नै पहिलो सन्तान हो । सबिताका बुबा नातीले पुनरजन्म पाएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिदै नातीको ज्यान जोगिएकोमा खुशी हुँदै बिहीबार अस्पतालबाट बच्चालाई लिएर घर फर्किएका छन् ।
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
सारांश
- सो अवस्थामा सविताका बुवा बसन्त साहले तुरुन्त बच्चालाई एम्बुलेन्समा राखी राजविराजस्थित युनिक सिटी हस्पिटल पु¥याए ।
- मुटु र श्वास नचलेको सो शिशुलाई हस्पिटलका डा.
- राजन जयसवालले भर्ना गरि उपचार सुरु गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया