दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
सप्तरीको बिष्णुपुर गाउपालिका ३ मुसहरनियाका अग्नीपीडितलाई बिहीबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।
बिपन्न दलितहरु चनर देवी खंग खत्वे र बुची खंगलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई.. सूर्य नारायण यादवले जानकारी दिए ।
बुधबार राती घरमा आगलागि हुँदा चनरदेवीको बाख्राबाख्री ६ थान र हाँस तीन थान आगोमा जलेर मरेका थिए भने गाई र गाईको बाच्छो जलेर गम्भीर घाइते भएका छन् । सो आगलागिबाट अन्दाजी दुई लाखभन्दा बढिको धनमालको क्षति भएको छ ।
राहत वितरणको अवसरमा वडा अध्यक्ष रामेश्वर यादव, गाउँपालिकाका पशु प्राविधिक चन्देश्वर यादव, समाजसेवीहरु पारसमणि यादव, प्रमोद यादव, तेजन खंग, शत्रुघ्न खंग, लक्ष्मण मंडल लगायतका स्थानीयको उपस्थिति रहेको थियो ।
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
सारांश
- बिपन्न दलितहरु चनर देवी खंग खत्वे र बुची खंगलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई.
- सूर्य नारायण यादवले जानकारी दिए ।
- बुधबार राती घरमा आगलागि हुँदा चनरदेवीको बाख्राबाख्री ६ थान र हाँस तीन थान आगोमा जलेर मरेका थिए भने गाई र गाईको बाच्छो जलेर गम्भीर घाइते भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया