दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीमा बुधबार साँझ एक तेश्रोलिंगीसहित दुई जनाले आत्महत्या गरेका छन् । यसअघि दुई महिलाले आत्महत्या गरेको घटनाको पाँच दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको तिरहुत गाउँपालिका ३ का २० वर्षिय शंकर रजक तथा शम्भुनाथ नगरपालिका २ का २८ वर्षिय मनिषकुमार यादवले आत्महत्या गरेका हुन् । जसमा यादव तेश्रोलिंगि हुन् ।
रजकले घर नजिकैको रुखमा र यादवले आफ्नै कोठामा घाँटीमा गम्छाको पासो लगाई आत्महत्या गरेको तथा आत्महत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
चार दिन अघिपनि सप्तरीको कंचनरुप नगरपालिका ७ की ३५ वर्षिया रम्भादेवी राम र महदेवा गाउँपालिका ४ की १४ वर्षिया सन्तोषी मण्डलले झुण्डिएर आत्महत्या गरेकी थिइन् । यो सँगै पाँच दिनको अवधीमा जिल्लामा आत्महत्या गर्नेको संख्या चार पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
सारांश
- रजकले घर नजिकैको रुखमा र यादवले आफ्नै कोठामा घाँटीमा गम्छाको पासो लगाई आत्महत्या गरेको तथा आत्महत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
- चार दिन अघिपनि सप्तरीको कंचनरुप नगरपालिका ७ की ३५ वर्षिया रम्भादेवी राम र महदेवा गाउँपालिका ४ की १४ वर्षिया सन्तोषी मण्डलले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
- यो सँगै पाँच दिनको अवधीमा जिल्लामा आत्महत्या गर्नेको संख्या चार पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया