आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा

राजविराज राजविराज
|
शुक्रबार, जेठ ८, २०८३
|
|
९३ पटक हेरिएको
Shares
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा

सारांश

  •     यअसघि सरोकारवाला निकायलाई सात दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्र उपर कुनै चासो नदेखाइएको भन्दै नगरवासीले अनसन थालेका हुन् ।
  •       शुक्रबार साँझसम्म कार्यवाहक नगरप्रमुख इसरत परविनसँग चलेको वार्ता निश्कर्षविहीन र आश्वासनमा मात्र सीमित भएकाले बाध्य भई वार्ता स्थल नगरपालिकाको सभा कक्षमै अनसन थालिएको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिए ।
  •       यसअघि जनआन्दोलन परिचालन समितिले गत बैशाख २४ गते लापूर्जाबिहीन नगरका ५ हजार २ सय परिवारलाई लालपूर्जा प्रदान गर्नुपर्ने एक सूत्रिय माग अघि सार्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नापी कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र राजविराज नगरपालिका कार्यालयलाई सात दिने अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    लालपूर्जा माग्दै नगरवासीले शुक्रबार साँझदेखी राजविराज नगरपालिका कार्यालयको सभाकक्षमा अनसन सुरु गरेका छन् । 
    यअसघि सरोकारवाला निकायलाई सात दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्र उपर कुनै चासो नदेखाइएको भन्दै नगरवासीले अनसन थालेका हुन् ।  
    शुक्रबार साँझसम्म कार्यवाहक नगरप्रमुख इसरत परविनसँग चलेको वार्ता निश्कर्षविहीन र आश्वासनमा मात्र सीमित भएकाले बाध्य भई वार्ता स्थल नगरपालिकाको सभा कक्षमै अनसन थालिएको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिए । 
    यसअघि जनआन्दोलन परिचालन समितिले गत बैशाख २४ गते लापूर्जाबिहीन नगरका ५ हजार २ सय परिवारलाई लालपूर्जा प्रदान गर्नुपर्ने एक सूत्रिय माग अघि सार्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नापी कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र राजविराज नगरपालिका कार्यालयलाई सात दिने अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो । तर सो समयसीमा सकिएपनि सरोकारवाला कुनै निकायले पनि सक्रियता नदेखाएको लालपूर्जाविहीन नगरवासीको गुनासो छ । 
    दुई अघि मात्र नापी कार्यालयले नगरपालिका कार्यालयसँग रायसहितको जवाफ माग्ने र नगरपालिकाले उचित जवाफ दिन ढिलाई गरेकोले अनसन थालेको आन्दोलनकारीहरुको भनाई छ । 
    राजविराजको मुख्यबाजार तथा आसपासका गरी ७० बिगहा क्षेत्रफलमा राजविराज नगर स्थापना कालदेखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हालसम्म लालपूर्जा पाउन नसकेको तथा समस्या परेका बेला नगरपालिकाबाट पाएको रसिद कै आधारमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखीपाउँदै गरेको ऋण सुविधा पनि विगत ८ वर्ष देखि रोकिदा नगरवासी समस्यामा परेका छन् ।
    बि.स. २०२८ सालमा राजविराज नगरपालिका क्षेत्रको नापी हुँदा उक्त जग्गाहरू गाउँब्लकमा रहेको भनि नापीको फिल्ड बुकमा स्पष्ट उल्लेख भएको छ । यस्तै २०१६ सालदेखि २०७५ साल सम्म उक्त जग्गाको खरिद बिक्री हुँदै आएको, अंशबण्डा, रजिष्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण पाउने गरेको, राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते बसेको नगर परिषदको बैठकले समेत लालपूर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिश गरि सकेको भएपनि हालसम्म नगरवासी लालपूर्जा पाउनबाट बञ्चित छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ