लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २७, २०७८
|
|
४४ पटक हेरिएको
Shares
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालयमा २०६८ सालदेखी हालसम्म राखिएको ती अवैध सवारीसाधनहरु लिलामी नहुँदा खिया लागेर सड्ने अवस्थामा पुगेका छन् ।
  •     भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले लिलामी हुन नसक्दा ती सवारीसाधनका कारण भन्सार कार्यालयलाई ठाउँको समेत अभाव हुन थालेको जानकारी दिएका छन् ।
  • उनले वर्षायाममा बाढीको पानीमा डुबेर समेत सवारीसाधन सड्न थालेपछि राजश्वमा पनि नोक्सानी हुने अवस्था उत्पन्न भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    राजविराज भन्सार कार्यालयमा राखिएको अवैध सवारीसाधनहरु लिलामी नहुँदा त्यही सड्न थालेको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालयमा २०६८ सालदेखी हालसम्म राखिएको ती अवैध सवारीसाधनहरु लिलामी नहुँदा खिया लागेर सड्ने अवस्थामा पुगेका छन् ।
    भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले लिलामी हुन नसक्दा ती सवारीसाधनका कारण भन्सार कार्यालयलाई ठाउँको समेत अभाव हुन थालेको जानकारी दिएका छन् । उनले वर्षायाममा बाढीको पानीमा डुबेर समेत सवारीसाधन सड्न थालेपछि राजश्वमा पनि नोक्सानी हुने अवस्था उत्पन्न भएको बताए । 
    कार्यालय प्रमुख झाले आफू तीन महिना अघि मात्र सरुवा भई आएको बताउँदै लिलामीका लागि पठाइएका सवारीसाधनको विवरण तयार पार्न लागेको जानकारी दिएका छन् । 
    उनले लामो समयदेखी राखिएका ती सवारीसाधन मध्ये कतिपयको इन्जिन र चेसिस नम्बर प्रष्ट बुझिने अवस्था नरहेको बताउँदै लहानस्थित यातायात कार्यालयबाट प्राविधीक ल्याएर भएपनि ती सवारीसाधनको पहिचान गर्ने काममा लागिपरेको बताए ।
    यता वर्षायाममा भन्सार कार्यालय परिसर पनि डुवानमा पर्ने हुँदा लिलामीका लागि पठाइएका सवारीसाधनको सुरक्षा र व्यवस्थापन गर्न झन समस्या भएको भन्सारका कर्मचारीहरुको भनाई छ । 
    प्रहरीले चेकजाचको क्रममा नियन्त्रणमा लिएका अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाउने गरेको छ । अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाएपनि कतिपय सवारीसाधनको हकमा मुद्दा समयमै फैसला नहुँदा र फैसला भइसकेका मुद्दाका सवारीसाधनको पनि विगतका प्रमुखहरुले समयमै भेरिफाई (पहिचान) गर्ने काम गर्न नसक्दा लिलामी प्रक्रियामा ढिलाई भएको भन्सार कार्यालयका कर्मचारीहरुको भनाई छ । 
    मुद्दाको फैसला र प्राविधिकले सवारीसाधनको पहिचान गरिसकेपछि मुल्याङ्कन समितिले तिनको मुल्याङ्कन गरि मुल्य निर्धारण गरेपछि विज्ञापन मार्फत लिलामी प्रक्रिया अघि बढाउने कानुनी व्यवस्था रहेको राजविराज भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?