सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, आषाढ ३, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन

सारांश

  •     यूवाहरुले नयाँ नक्साका लागि धन्यवाद छ सरकार, अब द्रुत गतिमा अघि बढाऊ पिसिआर, मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर लगायतका नाराहरु लखिएका प्ले कार्डसहित बजार क्षेत्र परिक्रममा गरेका थिए ।
  •       प्रदर्शनमा सहभागिहरुले कोरोना भाइरस महामारी राकेथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टचारमा लिप्त रहेको तथा मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माणका कारण क्वारेन्टाइन नै संक्रमण बढाउने र अपराधको कारखाना बन्दै गएको बताए ।
  •       उनीहरुले सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणमा तिब्रता दिनु पर्ने तथा कोरोना जोखिम नियन्त्रणका लागि खडा गरिएको कोषबाट भएको सम्पूर्ण आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माँग समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
    कोरोना भाइरस महामारी बिरुद्ध सरकारको प्रयास कमजोर रहेको तथा अव्यवस्थित क्वारेन्टाइनका कारण विभिन्न घटना हुन थालेको भन्दै बुधबार राजविराजमा यूवाहरुले प्रदर्शन गरेका छन् । 
    यूवाहरुले नयाँ नक्साका लागि धन्यवाद छ सरकार, अब द्रुत गतिमा अघि बढाऊ पिसिआर, मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर लगायतका नाराहरु लखिएका प्ले कार्डसहित बजार क्षेत्र परिक्रममा गरेका थिए । 
    प्रदर्शनमा सहभागिहरुले कोरोना भाइरस महामारी राकेथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टचारमा लिप्त रहेको तथा मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माणका कारण क्वारेन्टाइन नै संक्रमण बढाउने र अपराधको कारखाना बन्दै गएको बताए । 

    उनीहरुले सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणमा तिब्रता दिनु पर्ने तथा कोरोना जोखिम नियन्त्रणका लागि खडा गरिएको कोषबाट भएको सम्पूर्ण आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माँग समेत गरेका छन् । 
    स्थानिय राजरंगशालाबाट सामाजिक दुरी कायम गर्दै सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पश्चात् गजेन्द्र चौकमा पुगि सरकारबिरुद्ध प्ले कार्डसहित प्रदर्शन गरेका थिए । 
    अघिल्लो दिन नेपाली काँग्रेसले पनि अस्तव्यस्त बनेको क्वारेन्टाइनलाई व्यवस्थित गर्नु पर्ने तथा लकडाउनले बेहाल बनेका जनताको आवश्यकताका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पठाएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु