दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
कारागार कार्यालय सप्तरीबाट आइतबार राती एक कैदी फरार भएका छन् । चोरी मुद्दामा धरौटी बुझाउन नसकेर कैदी बन्दी बिताइरहेका सप्तरीको शम्भुनाथ नगरपालिका ११ घर भएका ३५ बर्षीय रामानन्द मंडल आइतवार राति कारागारबाट फरार भएका हुन् ।
आइतवार राति हवाहुरी र चट्यांगका कारण विद्युत अवरुद्ध भएको र सोही मौका छोपेर कैदी मंडल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिएका छन् ।
घट्नाबारे सोमवार विहानै जानकारी पाएसंगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरु माथि आवश्यक अनुसन्धान शुरु गरि फरार भएका कैदी मंडलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौट अदालतले मागेपछि सो तिर्न नसकेर कारागार चलान गरिएका मंडललाई केन्द्रिय कारागार काठमाडौंले २०८१ पुष ६ गते राजविराजमा पठाएको कारागार कार्यालय प्रमुख दाहालले बताए ।
कारागारबाट कैदी फरार
सारांश
- आइतवार राति हवाहुरी र चट्यांगका कारण विद्युत अवरुद्ध भएको र सोही मौका छोपेर कैदी मंडल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिएका छन् ।
- घट्नाबारे सोमवार विहानै जानकारी पाएसंगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरु माथि आवश्यक अनुसन्धान शुरु गरि फरार भएका कैदी मंडलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
- काठमाडौं जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौट अदालतले मागेपछि सो तिर्न नसकेर कारागार चलान गरिएका मंडललाई केन्द्रिय कारागार काठमाडौंले २०८१ पुष ६ गते राजविराजमा पठाएको कारागार कार्यालय प्रमुख दाहालले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया