कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 

राजविराज राजविराज
|
सोमबार, चैत्र १९, २०८०
|
|
१३ पटक हेरिएको
Shares
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 

सारांश

  •     कार्यालय प्रमुख प्रविण प्रताप अधिकारीमाथी प्रदेशसभा सदस्यको टोलीद्वारा हातपात र दुव्र्यबहार भएको भन्दै उनीहरु सोमवार कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रेका हुन् ।
  •       जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य महेश प्रसाद यादव, मो.
  • सकिल अली, शम्भु प्रसाद साह लगायतको नेतृत्वमा रहेको टोलीले अघिल्लो दिन आइतवार कार्यकक्ष मै आएर कार्यालय प्रमुख अधिकारीमाथी हातपात र दुव्र्यबहार गरेको आन्दोलनमा उत्रेका कर्मचारीहरुको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत । 

    पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुखमाथी भएको हातपात तथा दुव्र्यहारको बिरोधमा त्यहाका सम्पूर्ण कर्मचारीहरु कामकाज ठप्प पारि आन्दोलनमा उत्रेका छन् । 
    कार्यालय प्रमुख प्रविण प्रताप अधिकारीमाथी प्रदेशसभा सदस्यको टोलीद्वारा हातपात र दुव्र्यबहार भएको भन्दै उनीहरु सोमवार कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रेका हुन् । 
    जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य महेश प्रसाद यादव, मो.सकिल अली, शम्भु प्रसाद साह लगायतको नेतृत्वमा रहेको टोलीले अघिल्लो दिन आइतवार कार्यकक्ष मै आएर कार्यालय प्रमुख अधिकारीमाथी हातपात र दुव्र्यबहार गरेको आन्दोलनमा उत्रेका कर्मचारीहरुको भनाई छ । 
    टाउको र हातमा कालो पट्टी बाँधेर कार्यालय परिसर मै धर्नामा वसेका कर्मचारीहरुले घट्नाका दिन दुव्र्यबहारका दृश्य कैद भएका कार्यालयको सिसी टिभी फुटेजको प्रमाणका आधारमा छानवीन गरी दोषीमाथी कारवाही तथा कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको प्रत्याभुतीको माग गरेका छन् । 
    प्रदेशसभा सदस्य महेश प्रसाद यादवले हातपातको कुरा अस्विकार गर्दै विचौलियाको प्रभावमा परेर जथाभावी योजना बाँडेको विरोध आफुसँग सामान्य वादविवाद मात्र भएको दाबी गरेका छन् । 
    यता कार्यालय प्रमुख अधिकारी र सूचना अधिकारी तपेश्वर कुमार साहद्वारा सोमबारै जारि विज्ञप्तिमा सम्पूर्ण कर्मचारीहरुको जिउधनको सुरक्षाको प्रत्याभुती र दोषिमाथी कडा कारवाहीको माग गरेका छन् । 
    जारि विज्ञप्तिमा प्रदेशसभा सदस्य सकिल अलि, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी र प्रदेशसभा सदस्य शम्भु साहसँग कार्यालय प्रमुखको कक्षमा योजना सम्बन्धी छलफल तथा बहस भई सबै जना लेखा शाखामा गएर छलफल गर्ने क्रममा प्रदेशसभा सदस्य सकिल अलीले पटक पटक टेबल ठोक्नुका साथै गालिगलौज गरेको जारि उल्लेख छ । राजविराज वडा नं. १३ का वडा सदस्य चन्द्रिका यादवसहित १५÷२० जनाको समूह आएर सो वडामा पर्ने सबै योजनाहरु बारे छलफल गरेर निश्कर्षमा पुगिसकेको अवस्थामा प्रदेशसभा सदस्य महेश यादव र उनीसँग आएका धिरेन्द्र यादवले कुनै छलफल नगरि कार्यालय प्रमुख अधिकारीमाथी गालिगलौज तथा हातपात गरेको विज्ञप्तिमा जनाइएको छ । 
    आन्दोलनरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई एक ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी थापालाई कर्मचारीहरुको तर्फबाट बुझाइएको पत्रमा हातपात र दुव्र्यबहार गर्नेहरुमाथी कारवाही नहुनजेलसम्म कार्यालयको सम्पुर्ण कामकाज बन्द रहने उल्लेख छ । 
पालिका प्रमुखहरुको बैठक 
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा सोमबार पालिका प्रमुखहरुको बैठक बसेको छ । 
    बैठकले योजना बाँडफाँडमा विचौलियाको प्रभाव रोक्न पुर्वाधार विकास कार्यालयबाट प्रदान गरिने योजना सम्बन्धि पत्र सोझै सम्बन्धित पालिकालाई बुझाउनु पर्ने माग गरेका छन् । 
    बैठकले सो विषयबारे अगामी चैत्र २१ गते बुधवार आवश्यक निर्णय लिन जिल्लाका १८ वटै पालिका प्रमुखहरुको बैठक बोलाउने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हजार दुई सय गाँजा बोट नष्ट
एक हजार दुई सय गाँजा बोट नष्ट
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा