भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास

राजविराज राजविराज
|
आइतबार, जेठ १३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास

सारांश

  •     नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा एक समारोहबीच “जेपी–लोहिया–रामेश्वर मेमोरियल ट्रष्ट आश्रम भवन निर्माण” परियोजनाको शिलान्यास गरेका हुन् ।
  •     कुल १३ करोड ३ लाखको बजेट रहेको उक्त परियोजनाको शिलान्यास गर्दै भारतीय राजदुत नवीन श्रीवास्तावले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले पु¥याएको योगदानलाई जिवन्त राख्न ऐतिहासिक संरचना निर्माणमा भारत सरकारले सहयोग गर्न लागेको बताए ।
  •       उनले नेपाल र भारतका जनताले दुबै देशको प्रजातन्त्रिक आन्दोलनमा सहयोग गरेको स्मरण गर्दै यो सहयोग कहिले बिर्सिन नसकिने खालको रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।

    भारतीय स्वतन्त्रता संग्राममा सप्तरीका तत्कालिन युवाहरुले पु¥याएको योगदानको सम्मानमा भारत सरकारले जिल्लामा १३ करोडको लागतमा आइतबार एक परियोजनाको शिलान्यास गरेको छ । 
    नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा एक समारोहबीच “जेपी–लोहिया–रामेश्वर मेमोरियल ट्रष्ट आश्रम भवन निर्माण” परियोजनाको शिलान्यास गरेका हुन् ।
    कुल १३ करोड ३ लाखको बजेट रहेको उक्त परियोजनाको शिलान्यास गर्दै भारतीय राजदुत नवीन श्रीवास्तावले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले पु¥याएको योगदानलाई जिवन्त राख्न ऐतिहासिक संरचना निर्माणमा भारत सरकारले सहयोग गर्न लागेको बताए । 
    उनले नेपाल र भारतका जनताले दुबै देशको प्रजातन्त्रिक आन्दोलनमा सहयोग गरेको स्मरण गर्दै यो सहयोग कहिले बिर्सिन नसकिने खालको रहेको बताए । उनले भारत सरकारले नेपालका मुख्य बजारहरुलाई जोड्न कतिपय सहरका सीमासम्म रेल र सडक मार्ग पु¥याइसकेको बताउँदै भविष्यमा यस्ता कार्यले निरन्तरता पाउने जनाए । 
    भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा भारतका समाजवादी नेता डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, कात्र्तिक प्रसाद सिंह, डा. बैजनाथ झा, अवधनारायण सिंह लगायत एक दर्जन नेतालाई तत्कालिन राणा सरकारले बन्दी बनाई सप्तरीको हनुमाननगर जेलमा राखेको थियो । उनीहरुलाई त्यति बेला सप्तरीका क्रान्तिकारी युवाहरु रामेश्वर प्रसाद सिंह, तारणी प्रसाद सिंह, कमानन्द मिश्र, अब्दुल मियाँ, सेवक माझी लगायतले जेलमा आक्रमण गरि जेलमुक्त गराएर भारतको न्योरसम्म पु¥याउन सहयोग गरेका थिए । 
    योजनाका लागि स्व. रामेश्वर सिंहका सुपुत्र हिम्मत सिंहले ३० लाख मुल्य पर्ने ५ कठ बहुमुल्य जग्गा निशुल्क उपलब्ध गराएपछि भारत सरकारले ऐतिहासिक संरचना निर्माणका लागि सहयोगको हात अघि बढाएको ट्रष्टले जनाएको छ । जग्गादाता सिंहले आवश्यक परे योजनाका लागि थप ५ कठ जग्गा दिने घोषणा समेत गरेका छन् । 
    परियोजना अन्तरगत बनाइने उक्त संरचनामा सभाकक्ष, हेल्थ पोष्ट, अतिथिगृह, कार्यालय भवन, स्विमिङ पुल, बगैचा, पुस्तकालय, संग्रहालय लगायत रहेको योजनाका इन्जिनियर संजिवनारायण यादवले जानकारी दिए । 
    जेपी–लोहिया–रामेश्वर मेमोरियल ट्रष्टका अध्यक्ष हिम्मत सिंहको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, प्रदेश सांसद सतिशकुमार सिंह, प्रमुख जिल्ला अधिकारी किरण थापा, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर बिरेन्द्र माझी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, उच्च अदालत बार एशोसिएशन राजविराजका अध्यक्ष हरेराम यादव, कानुन व्यवसायी हेमनारायण चौधरी लगायतले पनि नेपाल–भारतको सम्बन्ध तथा आपसी हितका विषयमा आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै 
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै 
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
चार वर्ष बढीको कैद भुक्तानपछि  नेकपा प्रदेश सदस्य अरुण साह रिहा
चार वर्ष बढीको कैद भुक्तानपछि  नेकपा प्रदेश सदस्य अरुण साह रिहा
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते