दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सप्तरी प्रहरीले चाड पर्व समेतलाई लक्षित गरि बनाएको एक वर्षे सुरक्षा नीति अन्तरगत बिभिन्न ठाउँबाट ठूलो परिमाणमा बरामद गरिएको पटाकालाई नष्ट गरेको छ ।
चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी शुक्रबार नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय हाताभित्र खाल्डो खनी बरामद पटाकाहरु नष्ट गरेको छ ।
सप्तरी प्रहरीका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीका अनुसार चेकजाँचका क्रममा भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका लगायतका नाका क्षेत्रमा विभिन्न व्यक्तिबाट ठूलो परिमाणमा जफत गरिएका नागिन पटाका, आलु बम, सप्तरंगी पटाका, रकेट बम, चकलेट बम, मिनि बुलेट लगायतका ५ लाख रुपैया बराबरको पटाका नष्ट गरिएको हो ।
डिएसपी भारतीका अनुसार जिल्लाको बोदेबरसाइन नगरपालिका ५ शत्रुधन चौकबाट सानो र ठुलो फुलझारी नौ प्याकेट, सानो ठुलो बम १८ डब्बा, १८ डब्बा नागिन पटाका, नागिन पटका सानो २७ प्याकेट, रकेट बम २ प्याकेट, आलुबम दुई प्याकेट बरामद गरिएको हो ।
त्यस्तै प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले बोदेबरसाइन वडा नं. ९ बाट बेवारिसे अवस्थामा राखिएको २ बण्डल ठूलो सानो बम, ठूलो चिरचिरी १ सय ८५ प्याकेट, मेजिक कलर बम ४ पिस, र नागिन पटका १३ बन्डल बारमद गरेको छ भने तिलाठी कोइलाडी गाउँपालिकाबाट पनि प्रहरीले भारतबाट अवैधरुपमा ल्याउदै गरेको ४ सय ५० प्याकेट झिरझिरी, १० प्याकेट रकेट, २ प्याकेट आलु बम बरामद गरिएको छ ।
यस्तै राजविराजको नेता चौकबाट समेत लुकाई छिपाई राखिएको बेवारिसे अवस्थामा बिभिन्न ब्रान्डका ५ बोरा हाईड्रो बम, ३ प्याकेट चक्र, ४४ प्याकेट नासो फुलझारी, ७३ पिस चिरचिरी, २ बन्डल पटका र २ पोका नागिन बारुद, ५ पिस फलेबर बम लगायतका पटकाहरु बरामद गरिएको आयोजित पपकार सम्मेलनमा डिएसपी भारतीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापटीबाट २ प्याकेट सुपर बम, १ प्याकेट चक्र, १ थान कमाण्डो बम, ४ प्याकेट बुलेट बम, २५ पिस नागिन पटाका र इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले पनि हनुमानगर कंकालनी नगरपालिका वडा नं. १ स्थित भारदहबाट १ सय २५ प्याकेट नागिन पटाका बरामद गरिएको छ ।
साथै प्रहरी चौकी कोइलाडी बसराइनबाट खटिएको गस्ती टोलीले तिलाठी कोइलाडी गाउपालिका ५ बनरझुलाबाट २ सय ३८ पिस नागिन पटका, १ सय २० पिस चकलेट बम, ५० पिस राधे चक्र र ५ प्याकेट बिजुली पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईका अनुसार राज्यले प्रतिबन्ध गरेको पटाका न भित्रयाउन आग्रह मात्र होईन यसले परिवार र समाजमा पुग्न सक्ने क्षतिबारे सबैलाई जागृत गराउन प्रहरीले पर्चा, पम्पलेट र म्याकिङ्ग मार्फत सचेतना समेत फैलाउन सुरु गरिएको छ ।
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
सारांश
- चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी शुक्रबार नष्ट गरेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय हाताभित्र खाल्डो खनी बरामद पटाकाहरु नष्ट गरेको छ ।
- सप्तरी प्रहरीका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीका अनुसार चेकजाँचका क्रममा भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका लगायतका नाका क्षेत्रमा विभिन्न व्यक्तिबाट ठूलो परिमाणमा जफत गरिएका नागिन पटाका, आलु बम, सप्तरंगी पटाका, रकेट बम, चकलेट बम, मिनि बुलेट लगायतका ५ लाख रुपैया बराबरको पटाका नष्ट गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया