मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
बिहिबार, माघ १३, २०७८
|
|
२२ पटक हेरिएको
Shares
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

सारांश

  •     ज्ञापनपत्र बुझाएपछि नेता कर्णले गौर हत्याकाण्डको जिम्मा लिने गरि मन्त्री यादवले भाषणमा ज्यानै मार्ने धम्की समेत दिएकाले उनको मन्त्री पद खारेज गरि तुरन्तै गिरफ्तार गर्न माग समेत गरे ।
  •       मन्त्री यादवले गत माघ ५ गते गौरमा जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधान सभा सदस्य कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १३ माघ । 
    संविधान सभा सदस्य रन्जित कुमार कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई बर्खास्त गर्न माग गर्दै बिहीबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । 
    ज्ञापनपत्र बुझाएपछि नेता कर्णले गौर हत्याकाण्डको जिम्मा लिने गरि मन्त्री यादवले भाषणमा ज्यानै मार्ने धम्की समेत दिएकाले उनको मन्त्री पद खारेज गरि तुरन्तै गिरफ्तार गर्न माग समेत गरे ।  
    मन्त्री यादवले गत माघ ५ गते गौरमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधान सभा सदस्य कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।  
    डा. राउतको पार्टीले किसान आन्दोलनको नाममा गरेको गतिविधीप्रति लक्षित गरेर मन्त्री यादवले ज्यानसम्म मार्ने अभिव्यक्ति दिनु अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । 
    “नेपाल सरकार तथा सम्पूर्ण नेपालीको शिर न्युहुराउने लज्जाजनक अभिव्यक्तिप्रति घोर निन्दा एवं भत्र्सना गर्दछौं, प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा भनिएको छ । 
    २०६३ चैत ७ गते गौरमा तत्कालिन मधेशी जनअधिकार फोरमले नेकपा माओवादीका २७ जना कार्यकर्ताको विभत्स हत्या गरेकोलाई नियोजित नभई “भवितब्य” भन्दै आएका वर्तमान जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गलत सावित गर्दै पुनः त्यस्ता घटना घटाउने र त्यसमा राउत मारिन सक्ने भन्ने मन्त्री यादवको अभिव्यक्ति आपराधिक भएको ज्ञापनपत्रमा जिकिर छ । 
    यसैबीच कर्णले यस घटनाको बारेमा बिहीबारै जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाक मार्फत जाहेरी समेत पठाएको जानकारी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
सप्तरीका प्रजिअ गौतमको सरुवा नयाँ प्रजिअ खतिवडा आउँदै 
सप्तरीका प्रजिअ गौतमको सरुवा नयाँ प्रजिअ खतिवडा आउँदै 
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता