सप्तरीको छिन्नमस्तामा ७ मा पुनः राजपा

राजविराज राजविराज
|
आइतबार, मंसिर १५, २०७६
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  •     यसअघिको २०७४ सालमा यस वडामा सम्पन्न निर्वाचनमा पनि राजपाकै उम्मेदवार प्रभाकर यादवले झिनो ८ मत अन्तरले अच्छेलाल यादवलाई नै पराजित गरेका थिए ।
  •       संयोगवस यस पटक पनि अच्छेलाल प्रभाकरकी श्रीमती प्रमिलादेवी सँग पनि ११ मत अन्तरले पराजित भएका छन् ।
  • गत निर्वाचनमा अच्छेलाल स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए भने यस पटक उनलाई नेकपाले उम्मेदवार बनाएको थियो ।

    राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा वडाध्यक्ष पदका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा राजपा बिजयी भएको छ । 
    जिल्लाको एक मात्र स्थानमा भएको उक्त निर्वाचनमा राजपा र समाजवादी पार्टीकी संयुक्त उम्मेदवार प्रमिलादेवी यादवले ५ सय ४० मत प्राप्त गरी बिजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपाका अच्छेलाल यादवले ५ सय २९ मत प्राप्त गरे ।
    मतगणना सुरु भए लगत्तै आउँदै गरेको मतपरिणाममा दुबैबीच निकै प्रतिष्पर्धा देखीएको थियो । दुबैबीचको अन्तर ५ देखी १० मत मात्रको रहेको थियो । सुरुदेखी नै दुबैबीच निकै कडा प्रतिष्पर्धा हुने अनुमान गरिए अनुसार नै मत परिणाम आएको हो ।  
    यसअघिको २०७४ सालमा यस वडामा सम्पन्न निर्वाचनमा पनि राजपाकै उम्मेदवार प्रभाकर यादवले झिनो ८ मत अन्तरले अच्छेलाल यादवलाई नै पराजित गरेका थिए । 
    संयोगवस यस पटक पनि अच्छेलाल प्रभाकरकी श्रीमती प्रमिलादेवी सँग पनि ११ मत अन्तरले पराजित भएका छन् । गत निर्वाचनमा अच्छेलाल स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए भने यस पटक उनलाई नेकपाले उम्मेदवार बनाएको थियो । 
    यस्तै मतपरिणाम अन्ुसार काग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश कुमार यादवले ११ मत प्राप्त गरेका छन् । त्यस्तै १५ मत बदर समेत भएको थियो । 
    यसअघि शनिबार बिहान ७ बजेदेखी ५ बजेसम्म भएको निर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार ८० प्रतिशत मत खसेको छ । १ हजार ४ सय ३ मतदाता रहेकोमा १ हजार १ सय १४ मतदाताले मत खसालेका थिए । छिन्नमस्ता ७ हाटी स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा बनाईएको क र ख गरी २ केन्द्रमा मतदाताहरुले उत्साहपूर्ण मतदान सम्पन्न भएको थियो ।  
    मुख्य निर्वाचन अधिकृतको कार्यालयले शान्तिपूर्ण रुपमा र व्यापक सहभागीता देखाएको भन्दै मतदातालाई धन्यवाद दिएको छ । 
    २०७४ सालमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको सो पदमा उपनिर्वाचन भएको हो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
बिद्यालयमा मर्मत र रंगरोगन  भएपछि छात्रछात्राहरू उत्साहित
बिद्यालयमा मर्मत र रंगरोगन  भएपछि छात्रछात्राहरू उत्साहित
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा