पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश

राजविराज राजविराज
|
आइतबार, चैत्र १९, २०७९
|
|
४१ पटक हेरिएको
Shares
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश

सारांश

  •     फाइनल प्रवेशका लागि तिलाठी, सकरपुरा र को.
  • बर्साइन टिमबीच कडा प्रतिस्पर्धा रहेपनि नेट रन रेटको आधारमा वडा नं.
  • ५ को.

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।

    तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा को. बर्साइन प्रवेश गरेको छ । 
    फाइनल प्रवेशका लागि तिलाठी, सकरपुरा र को. बर्साइन टिमबीच कडा प्रतिस्पर्धा रहेपनि नेट रन रेटको आधारमा वडा नं. ५ को. बर्साइन फाइनलमा स्थान बनाउन सफल भएको हो । 
    आइतबार सम्पन्न खेलमा वडा नं. ३ सकरपुराले वडा नं. ८ तोपालाई ९ विकेटले पराजित गरेको छ । जितको लागि १५ ओभरमा ५७ रनको लक्ष्य सकरपुराले ३ ओभर २ बलमा १ विकेट गुमाई लक्ष्य हासिल गरेको थियो । 
    सो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तोपाले निर्धारित १५ ओभरको खेलमा १३ ओभर ४ बलमा सबै विकेट गुमाई ५६ रन मात्र बनाउन सक्यो । तोपाका लागि धनराज मण्डलले सर्वाधिक २५ रन बनाएका थिए भने सरवन मण्डलले १० रनको योगदान दिएका थिए । सकरपुराका लागि साकेत सिंह र अमित मण्डलले ३÷३ विकेट लिए भने धनञ्जय झाले २ र सुरज मण्डलले १ विकेट लिएका थिए । 
    जितको लागि ५७ रनको लक्ष्य सकरपुरा टिमले ३ ओभर २ बलमा एक विकेट गुमाई लक्ष्य हासिल ग¥यो । सकरपुराका लागि साकेत सिंहले अविजित ४१ रन बनाए । तोपाका लागि एक मात्र विकेट रविन्द्र मण्डलले लिएका थिए । उक्त खेलमा सकरपुराका साकेत सिंहलाई म्यान अफ द म्याच घोषित गरियो ।    
    यसअघि शनिबार सम्पन्न खेलमा सकरपुराले तिलाठीलाई ३ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले १६ ओभर ३ बलमा सबै विकेट गुमाई ११५ रन बनाएको थियो । जसमा शिव कामैतले सर्वाधिक ३९, लक्ष्मी रायले २९ र कारी झाले १४ रनको योगदान गरेका थिए । सकरपुराका लागि धनञ्जय झाले ४ ओभरमा १९ रन दिर ५ विकेट लिएका थिए भने अमित मण्डलले २ तथा साकेत सिंह र सुरज मण्डलले १÷१ विकेट लिएका थिए । 
    जितको लागि ११६ रन पछ्याएको सकरपुरा १६ ओभर ५ बलमा ७ विकेट गुमाई विजयी हासिल गर्न सफल भयो । सकरपुराका लागि अमित मण्डलले सर्वाधिक ४८ रन बनाएका थिए भने साकेत सिंहले ३२ रन बनाएका थिए । तिलाठीका लागि चन्दन झाले ४ र कारी झाले ३ विकेट लिएका थिए । उक्त खेलमा सकरपुराका धनञ्जय झालाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
लोसपाले मनायो स्थापना दिवस
लोसपाले मनायो स्थापना दिवस
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप