कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०७६
|
|
४३ पटक हेरिएको
Shares
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध

सारांश

  •     कक्षा कोठा भन्दा दोब्बर बिद्यार्थी भएपछि कक्षा ९ र १० का बिद्याथीहरूलाई पठनपाठन गर्न समस्या भएको हो ।
  •     कक्षा ९ र १० मा २ हजार १ सय भन्दा बढी छात्रछात्राहरूलाई राखेर पठाउनु बिद्यालयलाई चुनौती नै भएको छ ।
  •     कक्षा १० मा अहिले दुईवटा सत्र गरेर ५ सय छात्रछात्रा अध्ययनरत रहेका छन् भने कक्षा ९ मा २ सय २५ बिद्याथीहरू पठनपाठन गर्दै आएका छन् ।

चन्दनकुमार यादब 
राजविराज, ३० मंसिर । 
    सप्तरीको तिलाठी कोईलाडी गाउपालिकास्थित ल.व.न.उमाबि बभनगमाकटीमा कक्षा कोठाको अभावमा बिद्याथीहरू समस्यामा परेका छन् ।
    कक्षा कोठा भन्दा दोब्बर बिद्यार्थी भएपछि कक्षा ९ र १० का बिद्याथीहरूलाई पठनपाठन गर्न समस्या भएको हो ।
    कक्षा ९ र १० मा २ हजार १ सय भन्दा बढी छात्रछात्राहरूलाई राखेर पठाउनु बिद्यालयलाई चुनौती नै भएको छ ।
    कक्षा १० मा अहिले दुईवटा सत्र गरेर ५ सय छात्रछात्रा अध्ययनरत रहेका छन् भने कक्षा ९ मा २ सय २५ बिद्याथीहरू पठनपाठन गर्दै आएका छन् ।

    जिल्ला कै पुरानो बिद्यालय मध्ये रहेको यस बिद्यालयमा कक्षा कोठाको अभाव र शिक्षक अभावका कारण बर्षाेदेखि यस्ता समस्या झेल्दै आएको बिद्यालयका प्रअ बिपिन झाले बताए । 
    उनले भने, “बिद्यालयमा शिक्षकको अभाव त छदै छ, त्यसमा पनि बिषयगत शिक्षकको अभावले गर्दा गुणस्तरिय शिक्षामा पनि कमि भएको छ ।”
    बिद्यालयमा बर्षाेदेखि बिषयगत शिक्षक नभएका कारण बिद्यार्थीहरू पठनपाठन अबरोध भए सँगै पढाईको वातावरण समेत बिग्रिएको स्विकार गर्छन् प्रअ झा ।
    बर्षाेदेखि बिद्यालयमा ब्यबस्थापन समिति गठन हुन नसक्दा बिद्यालयमा पढाईको वातावरण सँगै शिक्षक अभावले गुणस्तरिय शिक्षामा कमि हुँदै गएको स्थानिय रामनाथ यादबको आरोप छ ।
    नियमित पठन पाठन गराउनका लागि बिषयगत शिक्षक नहुदाँ कक्षा ८, ९ र १० कक्षाका बिद्याथीहरू धेरै मर्कामा परेकोले सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । 
    यता तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिशकुमार सिँहले बजेट अभावका कारण बिद्यालयहरूको पुर्वाधार निर्माण गर्न नसकेको बताए ।
    उनले पालिका अन्तर्गत ४ वटा माबि र १३ वटा आधारभुत बिद्यालय रहेको सो अनुसार अधिकांश स्कुलमा बिद्यार्थी अनुपातमा शिक्षक र कक्षाकोठा अपुग रहेकोले समस्या हुने गरेको जानकारी दिए । विस २००६ सालमा स्थापित यस बिद्यालयमा २ हजार एक सय छात्रछात्राहरू अध्ययनरत रहेको छ भने कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु