दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
माओवादी द्वन्द्वकालमा जबरजस्ती रकम चोरी गरेको अभियोगमा विगत ३२ महिनादेखी राजविराज कारागारमा रहेका नेकपाका प्रदेश सदस्य अरुण साह अनिल मंगलबार रिहा भएका छन् ।
बि.स. २०७३ साल जेष्ठ २३ सो अभियोगमा नयाँ शक्ति पार्टी नेपाल सप्तरीका संयोजक रहेका साहलाई जिल्ला अदालत सप्तरीको आदेशमा कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको थियो ।
सप्तरीको रुपनी गाविसस्थित स्वाबलम्बन बैंकको रकम चोरीको अभियोगमा ४ वर्ष डेढ महिना कैद र ४९ हजार रकमको जरिवाना तोकिए बमोजिम साहलाई कारागार चलान गरिएको थियो । कारागारमै रहेका बेला साहले नयाँ शक्ति पार्टी परित्याग गरेका थिए र हाल उनी नेकपा प्रदेश २ का सदस्य रहेका छन् ।
यता नेकपाका प्रदेश सदस्य छेदी रजक बिमलले अरुण साहमाथीको द्वन्द्वकालिन मुद्दा फैसला भइसकेको अवस्था पनि राजनीतिक प्रतिशोधका लागि पुनः झुठा मुद्दा लगाएर कारागार चलान गरिएको आरोप लगाए ।
सरकारले २०७५ भदौं १ गतेदेखी ३ सय रुँपैया बराबर एक दिन कैद भुक्तान हुने नयाँ कानुन ल्याएपछि अदालतमा सोही अनुसार रिट दायर गरेपछि साह रिहा भएको उनले जानकारी दिए ।
भदौं १ गते अघि रु. २५ को दरले २ वर्ष २ महिना साहले कैद भुक्तान गरिसकेको तथा बाँकी दिन नयाँ कानुन अनुसार रु. ३ सय को दरले कैद भुक्तान भइसकेको उनको भनाई छ ।
चार वर्ष बढीको कैद भुक्तानपछि नेकपा प्रदेश सदस्य अरुण साह रिहा
सारांश
- बि.
- स.
- २०७३ साल जेष्ठ २३ सो अभियोगमा नयाँ शक्ति पार्टी नेपाल सप्तरीका संयोजक रहेका साहलाई जिल्ला अदालत सप्तरीको आदेशमा कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया