दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन ।
सिमान्तकृत समुदायका किशोर, किशोरी, युवा र महिला अधिकार अभियान अन्तर्गत शुक्रवार जिल्ला युवा सञ्जाल सप्तरीको आयोजना तथा सवल नेपाल, युएसएआइडी र एशिया फाउन्डेशनको सहयोगमा राजविराजमा आयोजित “नागरीक समाज र संचार कार्यक्रम” मा सहभागी वक्ताहरुले यस्तो सुझाव दिएका हुन ।
युवा शक्तीको समुचित उपयोग हुन नसक्दा लाखौ युवाहरु विदेशिनु परेको भन्दै वक्ताहरुले त्यसलाई रोक्न राज्य गम्भिर हुनुपर्नेमा जोड पनि दिए ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साहले युवाशक्तीको समुचित उपयोग हुन नसक्दा वर्षेणी लाखौ युवा विदेशीनु परिरहेकोले यसलाई रोकेर स्वदेश मै रोजगारको वातावरण सिर्जना गरिनु पर्ने बताए ।
उनले राजनीतिक उपलब्धीको संरक्षण पनि युवाशक्तीबाटै हुने भन्दै उनीहरुलाई कसरी समुचित उपयोग गर्ने त्यसतर्फ राज्यको विषेश ध्यान पुग्नु पर्नेमा जोड दिए ।
युवा सञ्जालका जिल्ला अध्यक्ष त्रिवेणी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, समाजिक अभियन्ता सुनिता साह“क्रान्ति”, युवा सञ्जाल राजविराजकी अध्यक्ष रमिला साह, युवा विद्यार्थी सगठन सप्तरीका प्रमुख श्याम यादव, राजविराज नगरपालिकाका शाखा अधिकृत कल्पना देव, युवा अभियन्ता विपिन चौधरी, राम प्रकाश चौधरी लगायतले युवाको अधिकार, न्याय, सशक्तीकरण र क्षमता अभिबृद्धि बारे आ–आप्mनो सुझाव सहित धारणा राखेका थिए ।
कार्यक्रममा नागरिक समाज र सञ्चार कार्यक्रमका अधिकृत चन्दन कुमार यादवले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।
विभिन्न खाले हिंसा, दमन, भ्रष्टाचार, उत्पिडन, कुरीतीका विरुद्ध तथा यूवाको अधिकार र सशक्तीकरणका लागी जिल्लाका १८ वटै पालिकामा गठित युवा सञ्जालका प्रतिनिधीहरुको सभागिता थियो ।
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
सारांश
- सिमान्तकृत समुदायका किशोर, किशोरी, युवा र महिला अधिकार अभियान अन्तर्गत शुक्रवार जिल्ला युवा सञ्जाल सप्तरीको आयोजना तथा सवल नेपाल, युएसएआइडी र एशिया फाउन्डेशनको सहयोगमा राजविराजमा आयोजित “नागरीक समाज र संचार कार्यक्रम” मा सहभागी वक्ताहरुले यस्तो सुझाव दिएका हुन ।
- युवा शक्तीको समुचित उपयोग हुन नसक्दा लाखौ युवाहरु विदेशिनु परेको भन्दै वक्ताहरुले त्यसलाई रोक्न राज्य गम्भिर हुनुपर्नेमा जोड पनि दिए ।
- कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साहले युवाशक्तीको समुचित उपयोग हुन नसक्दा वर्षेणी लाखौ युवा विदेशीनु परिरहेकोले यसलाई रोकेर स्वदेश मै रोजगारको वातावरण सिर्जना गरिनु पर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया