दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देवरानीलाई जन्मकैदको सजाय सुनाइएको छ ।
राजविराज वडा नं. १५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला सुनाएको हो । यस्तै हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाईसमेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ ।
अदालतले राजविराज नगरपालिका १५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घट्नामा सफाइ दिएको छ ।
बि.स. २०७५ जेठ ३१ गते बेचनीदेवीको शव उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । बेचनीदेवीका बुबा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका थिए ।
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
सारांश
- राजविराज वडा नं.
- १५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
- न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला सुनाएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया