गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….

राजविराज राजविराज
|
बुधबार, बैशाख ४, २०७६
|
|
४० पटक हेरिएको
Shares
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….

सारांश

  •     सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार सो पत्राचारमा अन्तरिम आदेश नहुने निर्णय सुनाएको हो ।
  •       गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।
  •     पक्ष र विपक्ष दुबै पक्षसँगको छलफलपछि सर्वोच्चले निवेदकले माग गरे अनुसार गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको हो ।

दैनिक समाचारदाता
काठमाडौं, ३ बैशाख । 
    गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको छ ।
    सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार सो पत्राचारमा अन्तरिम आदेश नहुने निर्णय सुनाएको हो । 
    गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।
    पक्ष र विपक्ष दुबै पक्षसँगको छलफलपछि सर्वोच्चले निवेदकले माग गरे अनुसार गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको हो । 
    त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण गर्न थालेका थिए । तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण नेउपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । 
    उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पत्र यथास्थितिमा राख्न आदेश दिँदै मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको थियो ।
    यो निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरुलाई जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खुलेको छ भने गृहको परिपत्रपछि धेरै जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्ध नागरिककका सन्तानलाई वंशजको नागरिकता वितरण गरेका थिए । कतिपय भने लिने प्रक्रियामा छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता