एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १४, २०७९
|
|
५४ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै

सारांश

  •     राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।
  • आयोजित पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले शनिवार हुने जनसभामा ४०÷५० हजारका जनसहभागिता रहने जानकारी समेत दिए ।
  •       उनले आमसभाका लागि जिल्ला भरिबाट ३ सय ५० युवा स्वयमसेवक र सुरक्षाकर्मी परिचालन हुने जनाउँदै पार्टीका युथहरुलाई स्वयसेवकको रुपमा परिचालन गर्ने जनाए ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार सप्तरी आउने भएका छन् । उनी पार्टीको राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् । 
    राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले शनिवार हुने जनसभामा ४०÷५० हजारका जनसहभागिता रहने जानकारी समेत दिए । 
    उनले आमसभाका लागि जिल्ला भरिबाट ३ सय ५० युवा स्वयमसेवक र सुरक्षाकर्मी परिचालन हुने जनाउँदै पार्टीका युथहरुलाई स्वयसेवकको रुपमा परिचालन गर्ने जनाए । 
    जिल्लाको कञ्चनरूप नगरपालिकास्थित धर्मेश्वर अस्पताल नजिक रहेको मैदानमा हुन लागेको जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली, पार्टीका  नेता महेश बस्नेत, प्रभु साह, रघुविर महासेठ, लिलानाथ श्रेष्ठ, सिता सुवेदी र किरण पौडेल समेतको सहभागिता रहने  जानकारी दिइएको छ । 
    सोही पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले सोही जनसभामा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको जानकारी दिएका छन् । 
    यस्तै पार्टीका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला सहइन्चार्ज राजकुमार लेखीले जनसभाको तयारी पुरा भईसकेको जानकारी दिए । उनले जनसभामा १५ वटा समूहमा आदिवासी, जनजाती लगायतकाले झाँकी प्रदर्शनका साथै कला संस्कुति प्रस्तुत गरिने र कलश यात्राका कार्यक्रम समेत रहेको जानकारी दिए ।
    आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव देवनाथ यादव, नेसार मियाँ, देविबहादुर खत्री, हिरन्य कुमार गुप्ता लगायतका उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन व्यवसायी कारवाहीमा
तीन व्यवसायी कारवाहीमा
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?