प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन

राजविराज राजविराज
|
शनिबार, आषाढ १४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन

सारांश

  •     जिल्ला प्रशासन कार्यालयमा ११, जिल्ला प्रहरी कार्यालयमा १४ र वडा प्रहरी कार्यालयमा ३ पटक पुगिसक्दा समेत कुनै पहल हुन नसकेको उनी निरास भएका छन् ।
  • प्रहरी र प्रशासन कार्यालयमा पटक पटक पुगेको मिति समेत डायरीमा लेखेर राखेका उनी पछिल्लो पटक वडा कार्यालय र राजविराज नगरपालिकाको न्यायिक समितिमा समेत पुगे ।
  •       न्यायिक इजलाशले मो.

    राजविराज÷आफ्नै जग्गामा जबरजस्ती अरुले कब्जा गरेर उपभोग गर्दै आएपछि विगत २० वर्षदेखी राजविराज नगरपालिका ९ निवासी मो. इद्रिश मियाँ जग्गा धनी पुर्जा बोकेर प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत उक्त जग्गा खाली गराउन सकेका छैनन् । 
    छिमेकीहरुबाटै जबरजस्ती कब्जा गरिएको जग्गा भने कब्जामुक्त तथा प्रयोग गर्न सफल नभएपछि उनी शनिवार जग्गाको प्रमाणसहित संचारकर्मी गुहार्न पुगेका छन् । 
    आफ्नो ३ सय १८ कित्ता नम्बरको १३ धुर जग्गा छिमेकी इस्माईल मियाँ र उनका दाजु इब्राहिम मियाँले जबरजस्ती कब्जा गरेर उपभोग गरिरहेको उनले सुनाउँदै न्यायका लागि पहल गरदिन सबै पक्षसँग आग्रह गरेका छन् ।
    जिल्ला प्रशासन कार्यालयमा ११, जिल्ला प्रहरी कार्यालयमा १४ र वडा प्रहरी कार्यालयमा ३ पटक पुगिसक्दा समेत कुनै पहल हुन नसकेको उनी निरास भएका छन् । प्रहरी र प्रशासन कार्यालयमा पटक पटक पुगेको मिति समेत डायरीमा लेखेर राखेका उनी पछिल्लो पटक वडा कार्यालय र राजविराज नगरपालिकाको न्यायिक समितिमा समेत पुगे । 
    न्यायिक इजलाशले मो. इद्रिशको पक्षमा निर्णय गर्दै इस्माईल र इब्राहिम दाजु भाईलाई अविलम्ब उक्त जग्गा खाली गर्न गत जेठ ७ मा राजविराज नगरपालिका कार्यालय मार्फत पत्राचार समेत गरियो । तर, राजविराज नगरपालिकाको न्यायिक समितिको आदेश एक महिनाभन्दा बढी बितिसक्दा पनि कार्यान्वयनमा नआएको पिडित इद्रिशले बताए । 
    पैसा र पहुँचकै कारण इस्माईल र इब्राहिम दाजु भाईले कसैलाई नटेरेको तथा स्थानीय प्रशासनले पनि दवाव सिर्जना गर्न नसकेको उनको गुनासो छ ।
    राजविराज नगरपालिका र न्यायिक समितिसँगै आफुले पनि वडा कार्यालयबाट इस्माईल र इब्राहिम दाजुभाईलाई इद्रिशको जग्गा खाली गर्न तथा कुनै प्रमाण भए लिएर आउनु भनी पटक पटक पत्राचार गरेको बताउँदै सो वडाका वडा अध्यक्ष शम्भु प्रसाद यादवले भने ‘पटक पटक समाधानको प्रयास गरेका छौ तर, एक पक्षको अडानका कारण समाधान गर्न सकिएको छैन ।
    उनले वडा कार्यालयले राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरी आवश्यक कार्वाहीको लागि अनुरोध गरेर जग्गा खाली गराउन आवश्यक पहल जारी राखेको बताएका छन् ।
    मो. इद्रिशको कब्जा गरिएको उक्त जग्गा खाली गराउन वडामा यसअघि चार पटक पञ्चायती समेत बसिसकेको छ । हरेक पञ्चायतीमा इस्माईल र इब्राहिम मियाँलाई उक्त जग्गा खाली गर्न वा खाली नगरे चलनचल्ती हालको बजार भाउअनुसार जग्गाको रकम मो. इद्रिशलाई दिनुपर्ने निर्णय गरिएको छ ।
    हाल इब्राहिम र इस्माईल दाजुभाईले सो जग्गामा जबर्जस्ती घर बनाउन तथा परालको टाल लगाउन लागेको भन्दै उनले रोक्न जाँदा गालीग्लौज गरी भगाइदिएको तथा ज्यान मार्ने धम्की समेत दिन थालेको मो. इद्रिशले सुनाए । आफु असुरक्षित भएपछि उनले जिल्ला प्रशासन कार्यालयमा शान्ति, सुरक्षा माग्दै ७ दिन अघि निवेदन पनि पेश गरेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  
संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?