लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट

राजविराज राजविराज
|
सोमबार, श्रावण १, २०८०
|
|
३६ पटक हेरिएको
Shares
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट

सारांश

  •     सो आ.
  • ब.
  • मा अदालतमा दर्ता भएको कुल मुद्दाको ४१ दशमलव ६४ प्रतिशत मुद्दा फर्छयौट भएको अदालतले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ साउन । 

    उच्च अदालत जनकपुर–राजविराज इजलासले आ.ब. २०७९÷८० मा लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट गरेको छ । उक्त आ.ब. मा अदालतले ६१ दशमलव ७६ प्रतिशत मुद्दा फर्छयौट गर्ने लक्ष्य राखेको थियो । 
    सो आ.ब. मा अदालतमा दर्ता भएको कुल मुद्दाको ४१ दशमलव ६४ प्रतिशत मुद्दा फर्छयौट भएको अदालतले जनाएको छ । 
    न्यायाधिश हरि प्रसाद भण्डारीको अध्यक्षतामा आयोजित “संचारकर्मीहरु संगको अन्तरक्रिया” कार्यक्रममा आ.ब. २०७९÷८० मा २ हजार ६ सय मुद्दा फर्छयौटका लागी अघिल्लो वर्षबाट आएको जानकारी दिइएको छ ।  
    त्यस्तै नयाँ दर्ता भएका मुद्दाको संख्या ३ हजार १ सय ५० गरी कुल ५ हजार ७ सय ५२ मुदाको फर्छयौट गर्ने जिम्मेवारी आएकोमा २ हजार ३ सय ९५ मुदा फर्छयौट भएको छ । जुन ४१ दशमलव ६४ प्रतिशत हुन आउँछ । 
    फर्छयौट गर्न बाकि रहेका ३ हजार ३ सय ५७ मुद्दाको जिम्मेवारी २०८०÷८१ का लागी सरेको उनले बताए । न्यायधिश भण्डारीले कतै कानूनी जटिलता त कतै दरबन्दी अनुसारको न्यायाधिश र जनशक्ती नहुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको बताए । यद्दपी अदालतको जनशक्ती तथा उपलब्ध साधनश्रोतका अनुसार काम संतोषजनक भएको उनको दाबी छ । 
    उनले २०७९÷८० को असार मसान्त सम्ममा २ वर्ष नाघ्ने मुद्दाको कुल संख्या ६ सय ४० रहेकोमा ६ सय ३२ लाई फर्छयौट गरेको र यसलाई निकै संतोषजनक उपलब्धीको रुपमा लिएको बताए । उनले समग्रमा जिम्मेवारी सरेर अघिल्लो वर्षबाट आएको २ हजार ६ सय २ र न्याय सम्पादन सहित कुल ५ हजार ७ सय ५२ मध्ये साउनमा ३ सय १७, भाद्रमा ३ सय, असोजमा ८८, कार्तिकमा १ सय २५ मंसिरमा १ सय ४८, पुषमा १ सय ८७, माघमा १ सय ५९, फागुनमा १ सय ६७, चैत्रमा २ सय ५६, बैशाखमा १ सय ५९, जेठमा ३ सय २७ र असारमा २ सय ६३ गरी कुल २ हजार ३ सय ९५ मुद्दा फर्छयौट भएको स्पष्ट पारे । 
    आ.ब. २०७९÷८० मा नयाँ दर्ता भएका ३ हजार १ सय ५० मध्ये रिटतर्फ सर्वाधिक १ हजार ५१ मुद्दा रहयो । यस्तै व्यक्तीवादी देवानीका ९ सय ६६, सरकावादी फौजदारीका २ सय १२ र सुरु मुद्दा ७१ रहेको थियो । 
    यस्तै सोही आर्थिक वर्षमा मेलमिलापका लागी १ सय ४२ मुद्दा पठाइएकामा ११ मात्रको मेलमिलाप हुन सकेको र मेलमिलाप हुन नसकेको संख्या १ सय २६ रहेको अदालतले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
मंसापुर र तिलाठी बिजयी 
मंसापुर र तिलाठी बिजयी 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति