पत्रकार साहलाई हातपात गर्ने पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २, २०८०
|
|
४८ पटक हेरिएको
Shares
पत्रकार साहलाई हातपात गर्ने पक्राउ 

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा नेपाल पत्रकार महासंघका सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, केन्द्रिय सदस्य ललिता साह, युनियनका सभापति बिनयलाल कर्णसँगै गएका पत्रकार साहले लिखित उजुरी दिएपछि प्रहरीले जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादव र अनिल यादवलाई पक्राउ गरेको हो ।
  •       जिल्लाको डाक्नेश्वरी नगरपालिकामा पोखरी ठेक्का विवादको क्रममा स्थानियहरुले गरिरहेको आन्दोलनमा रिपोर्टिङ गर्न गएका रेडियो नेपालका सप्तरी सम्वाददाता तथा माई सञ्चार डटकमका संचालक, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य समेत रहेका पत्रकार साहलाई हातपात बुधबार साँझ उनीहरुले हातपात गरेका थिए ।
  •       यसैबीच नेपाल प्रेस युनियन सप्तरीका सचिव रामानन्द देवद्वारा बिहीबार विज्ञप्ति जारि गर्दै प्रेस स्वतन्त्रता प्रति प्रतिबद्धता जनाएका राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद र निन्दनीय रहेको भन्दै विज्ञप्तिमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको घोर भत्सर्ना गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।

    नेपाल प्रेस युनियन शाखा सप्तरीका केन्द्रीय पार्षद संजिवबिक्रम साहलाई हातपात गर्ने जनमत पार्टीका कार्यकर्ता बिहीबार साँझ पक्राउ परेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा नेपाल पत्रकार महासंघका सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, केन्द्रिय सदस्य ललिता साह, युनियनका सभापति बिनयलाल कर्णसँगै गएका पत्रकार साहले लिखित उजुरी दिएपछि प्रहरीले जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादव र अनिल यादवलाई पक्राउ गरेको हो । 
    जिल्लाको डाक्नेश्वरी नगरपालिकामा पोखरी ठेक्का विवादको क्रममा स्थानियहरुले गरिरहेको आन्दोलनमा रिपोर्टिङ गर्न गएका रेडियो नेपालका सप्तरी सम्वाददाता तथा माई सञ्चार डटकमका संचालक, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य समेत रहेका पत्रकार साहलाई हातपात बुधबार साँझ उनीहरुले हातपात गरेका थिए । 
    यसैबीच नेपाल प्रेस युनियन सप्तरीका सचिव रामानन्द देवद्वारा बिहीबार विज्ञप्ति जारि गर्दै प्रेस स्वतन्त्रता प्रति प्रतिबद्धता जनाएका राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद र निन्दनीय रहेको भन्दै विज्ञप्तिमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको घोर भत्सर्ना गरिएको छ । 
    विज्ञप्तिमा घट्नाले प्रेस स्वतन्त्रताको धज्जी उडाएको ठहर गर्दै प्रेस स्वतन्त्रता विरोधी एवं निर्विवाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारको स्वतन्त्र अधिकार हनन् गरिएको घट्नामा संलग्नहरुलाई अविलम्ब छानविनको दायरामा ल्याई कड़ा कारवाही गर्न सम्बन्धित निकाय र सरोकारवालसँग माग गरिएको छ । 
    यस्तै नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रोशन पुरीले बिहीबार विज्ञप्तिमार्फत पत्रकारलाई हातपात गर्ने कार्यको भत्र्सना गर्दै दोषिलाई पक्राउ गरि कारवाहीको माग गरेका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
ओलीको पालामा संशोधन होला ?
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन