दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने स्पष्ट पारेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिब डम्बर राईद्वारा शुक्रबार जारि विज्ञप्तिमा समग्र पत्रकारितालाई बदनाम गराउने गरि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा विक्की सिंह र अजय आदित्यले पत्रकारिताको आडमा अराजक गतिविधिको भिडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विक्की सिंहले आफुलाई पत्रकार भन्दै एक बृद्धलाई रक्ताम्य हुने गरी गरेको कुटपिट तथा १० हजार मागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो ।
यसैगरी आफुलाई पत्रकार भन्ने अजय आदित्यले एक महिलासँग रकम लिइ फिर्ता नगरेको गुनासो सहितको भिडियो सार्वजनिक भएपछी महासंघले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ ।
‘यी दुबै घटना पत्रकारताको आचारसंहितामा र सिद्धान्त विपरीतको काम हो’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता गर्ने व्यक्ति यस किसिमको गतिविधिमा कहिल्यै संलग्न भएको छैन ।”
आगामी दिनमा समग्र पत्रकारिताकै बदनाम गराउने यस्ता गतिविधि गर्ने कुचेष्टा नगर्न सचेत गराउँदै विज्ञप्तिमा यस्ता गैर कानुनी हर्कत गर्ने जो कोहिलाई कानून बमोजिम कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार आचारसंहितामा बमोजिम यो कर्म गर्ने पत्रकारलाई सुरक्षित बाताबरण बनाइदिन सम्पूर्ण जिल्लावासीहरुलाई आग्रह समेत गरिएको छ ।
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिब डम्बर राईद्वारा शुक्रबार जारि विज्ञप्तिमा समग्र पत्रकारितालाई बदनाम गराउने गरि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- विज्ञप्तिमा विक्की सिंह र अजय आदित्यले पत्रकारिताको आडमा अराजक गतिविधिको भिडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
- विक्की सिंहले आफुलाई पत्रकार भन्दै एक बृद्धलाई रक्ताम्य हुने गरी गरेको कुटपिट तथा १० हजार मागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया