नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन

राजविराज राजविराज
|
सोमबार, माघ २०, २०७६
|
|
४४ पटक हेरिएको
Shares
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन

सारांश

  •     नेताहरु आफ्ना भाइ भरेदारहरुको लालनपोषणमा बेस्त रहेको कारणले गर्दा आफ्नो आवश्यकतालाई आकांक्षालाई उच्च स्तरमा पु¥याई भ्रष्टाचारलाई राजनैतिक पेशाको आचरणको रुपमा स्वीकार गरी रहेका सन्दर्भ हेर्दा खेरी भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु पनि सबल र सक्षम देखिएको कारणले गर्दा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको बौद्धिकहरुको तर्क रहेको छ ।
  • नेपालमा कर्मचारी तन्त्रहरुलाई भ्रष्टाचार गर्न र गराउन प्रेरित गर्ने नेताहरुको मनोभावना र दिशा रहेको सन्दर्भमा कर्मचारी तन्त्रमा दिनहुँ सानो देखि ठूलो भ्रष्टाचार गरेको सेवाग्राहीसँग रकम लिई सेवा दिने परिपाटीको विकास भईरहेको छ ।
  • यसले गर्दा देशको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रहरुमा ठूलो असर परिरहेको देखिन्छ ।

अमरनाथ मण्डल
    देशमा अहिले ठूलो पार्टी नेकपाको केन्द्रिय कार्य समितिको बैठक चलिरहेको छ । सो बैठकमा केन्द्रिय कार्य समितिका सदस्यहरुले आफ्नो पार्टीका नेताहरुको सम्पत्तिको छानविन हुनुपर्ने माग समुह गत छलफलमा उठाई रहेका छन् । यो स्वभाविक कुरा त्यही पार्टीका कतिपय नेताहरु यस्ता गम्भिर सवालहरुलाई अनदेखा गरी टाल्न बेस्त देखिन्छ । तर नेपालको प्रजातान्त्रिक आन्दोलन देखि लिएर गणतन्त्र स्थापनासम्म नेताहरुको व्यक्तिगत सम्पत्तिमा ठूलो फड्को मारेका छन् । भोलीका हवाई चप्पल लगाउने नेताहरु अहिले महल, पजेरो जोडी, अलिसान जीवनयापनको अनुभुति सुख भोगिरहेका छन् । भनिन्छ –देश गरिब हुँदै गईरहेको छ नेताहरु धनी बन्दै छन् । यो शब्दको उखान गलत नभई अहिलेको परिवेशमा नेपाली राजनीतिकको सन्दर्भमा सार्थक सिद्ध भएका छन् । प्रजातान्त्रिक आन्दोलनको पहिले तथा नेपालमा प्रजातन्त्रको पुर्नस्थापनासँगैको परिवेशमा नेताहरुको जिवनशैलीमा अद्भुत परिवर्तन भएका छन् । एक धुर जग्गा नभएको नेताहरुको अवैध रुपमा सैयौं रोपनी जग्गाहरु अर्जित गरेका छन् भने अवैध रुपमा बैंकको खाताहरुमा रकमहरु थुपे्रर राखेका छन् । नेताहरुको काठमाण्डौ क्षेत्रमा ठूला ठूला भवनहरु बनाई या खरीद गरी अवैध रुपमा राख्ने गरेको अहिलेको सन्दर्भ देखिन्छ । तर आफू सर्वभरा वरको नेता हो, आफू जनताको हितमा जुनसुकै पनि अवस्थामा जीवनयापन गर्न सक्छु भनी झुठो नाराहरुको कारण नेताहरुको पार्टी बैठकबाट नै पार्टीका केन्द्रिय कार्य समितिका सदस्यहरु आवाज उठाई रहेका छन् । 
    देश नयाँ परिवर्तनको अनुभुति साथ देशमा गणतन्त्रको स्थापना हुनु संघीयताको सुरुवात हुनु र नेपाली जनताले नयाँ सोच र परिवर्तन साथ आफ्नो हित हुने देशको विकास हुने समाजको उन्नती हुने सोचको साथ नयाँ परिवर्तनको नयाँ विहानीको रमाउन थालिएका थिए भने नेताहरुको आचरण व्यवहार तथा भ्रष्टाचार नीति जनता मात्र होइन पार्टीगत रुपमा पार्टीका कार्यकर्ता नेताहरु विरोधाभाषका स्वरहरु उठिरहेका छन् । आर्थिक अवस्था देशमा दिन प्रतिदिन कमजोर हुँदै गईरहेको विदेशी ऋणको भार दिन प्रतिदिन देशमा बढिरहेको देखिन्छन् भने संघीयताको आधारमा देशमा तीन सरकार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका जनप्रतिनिधिहरुको सुविधा, भात्ता, तलब र गाडी खर्च जस्ता यावत खर्चहरुको स्तरोनन्ती दिनप्रतिदिन बढिरहेको देखिन्छ । आर्थिक भ्रष्टाचारमा तलिन बन्दै गईरहेको जनप्रतिनिधिहरु विकासको नाममा अधिकाश ठाउँमा भौतिक संरचनाहरु निर्माण नगरीकरन त्यस्तै अनाधिकृत रुपमा बिल भरपाई बनाई रकम निकासा गरेको समाचारहरु संचार माध्यमहरुबाट प्रकाशन दिनप्रतिदिन भईरहेको देखिन्छ । देश आर्थिक विकरालको अवस्थामा गुज्रिरहेको सन्दर्भमा नेताहरुको सम्पत्ति जोड्ने तलिनता बढेको कारणले गर्दा देशमा समाजिक विकास, आर्थिक विकास तथा प्राविधिक विकासहरु बाधक बन्दै गईरहेको देखिन्छ । 
    नेताहरु आफ्ना भाइ भरेदारहरुको लालनपोषणमा बेस्त रहेको कारणले गर्दा आफ्नो आवश्यकतालाई आकांक्षालाई उच्च स्तरमा पु¥याई भ्रष्टाचारलाई राजनैतिक पेशाको आचरणको रुपमा स्वीकार गरी रहेका सन्दर्भ हेर्दा खेरी भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु पनि सबल र सक्षम देखिएको कारणले गर्दा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको बौद्धिकहरुको तर्क रहेको छ । नेपालमा कर्मचारी तन्त्रहरुलाई भ्रष्टाचार गर्न र गराउन प्रेरित गर्ने नेताहरुको मनोभावना र दिशा रहेको सन्दर्भमा कर्मचारी तन्त्रमा दिनहुँ सानो देखि ठूलो भ्रष्टाचार गरेको सेवाग्राहीसँग रकम लिई सेवा दिने परिपाटीको विकास भईरहेको छ । यसले गर्दा देशको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रहरुमा ठूलो असर परिरहेको देखिन्छ । एउटा नयाँ सन्दर्भ हेर्दा खेरी शिक्षा क्षेत्रमा पनि भ्रष्टाचारको अग्रणी स्थान रहेको सन्दर्भमा अहिले स्थापना भईरहेका अधिकांश मेडिकल कलेजहरुमा चर्को शुल्क लिनुको कारण नेताहरुलाई त्यो कलेजहरुले चन्दा दिनु तथा सहयोग गर्नु रहेको रहस्यहरु खुलेका छन् । चर्को शुल्कको विरोध केही दिन पहिले भएता पनि यसको निदान र समाधान राज्यले अहिले समय नदिएको देखिन्छ । भौतिक पूर्वाधारहरुको निर्माणको सुरुमा नै कमिशन तन्त्रको चलखेलको कारण देशमा कतिपय ठोस रुपमा निर्माण नभई अलपत्र बनेका छ भने स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचारको विगविगी बढिरहेको छ । 
    राज्यको हरेक क्षेत्रमा भ्रष्टाचारको असरहरु दिनप्रतिदिन बढिरहेको सन्दर्भमा विश्वको भ्रष्टाचार भएको देशको परिसुचीमा नेपालमा पनि पर्ने गरेको देखिन्छ । भ्रष्टाचारबाट कमाएको सम्पत्तिहरु गोप्य रुपमा आफ्ना नाता नातेदार भाई बन्धुहरुको नाममा राख्ने गरेको कारणले गर्दा नेताहरु आफ्नो नाउँमा सम्पत्ति नराखेको पनि नेताहरु भ्रष्टाचार गरेको तथ्यहरु भ्रष्टाचार निवारण निकायहरुलाई फेला नपरेको देखिन्छ । तर भोलीका साधारण जिवनयापन गर्न नेताहरुको विलासी जिवनको रहस्य खोजी नेताहरुको भाई भरेदार नातागोता, शाखा सम्बन्धीतहरुको सम्पत्ति छानविन गरी नेताहरुको गुप्त रुपमा राखिएको सम्पत्तिको अनुसंधान गरी कानुनी न्यायसंगत सजायको भागीदार गराउनुपर्ने आवश्यकता देखिन्छ । राज्यले उच्च ओहदामा बसेका व्यक्तिहरुको निजी सम्पत्ती लगायत अन्य सम्पत्तिहरुमा हक वाला समेतलाई आधार बनाई सम्पत्ति छानविन एउटा सबल आयोग बनाई सम्पत्ति छानविन गर्नुपर्ने देखिन्छ । अहिले नेकपामा उठेका छानविन र सुधिकरणको सवालहरु देशका अन्य पार्टीहरु काँग्रेस मधेशवादी लगायतका साताधारी तथा प्रतिपक्षका पार्टीहरुमा पनि छानविन गरी अवैध लुकाएका सम्पत्तिहरुलाई सार्वजनिक गरी कारवाही गर्नुपर्ने आवश्यकता देखिन्छ । तसर्थ राज्यले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुलाई निष्पक्ष स्वतन्त्र निकाय बनाई कसैको दवावमा भ्रष्टाचार गर्ने निकायहरु नपरी भ्रष्टाचार गर्ने कारवाहीको कठघारामा उभ्याउनुपर्ने देखिन्छ । पार्टीहरुले पनि भ्रष्ट र भ्रष्टाचार गर्ने नेताहरुलाई आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने परिपार्टीको थाल्नी गर्नुपर्छ । जनताको जनादेशको समान गर्नु पार्टी र नेताको कर्तव्य दायित्व रहेको अवस्थामा देशमा अमुल्य परिवर्तन सँगै विकासको कर्तमहरुलाई अगाडी बढाउनुपर्ने सन्दर्भमा जनताले विश्वास गर्ने नेताहरुको गलत मानसिकता र भ्रष्टाचार लिप्त तथा अवैध सम्पत्ति आर्जन गरी कमाउने राजनैतिकलाई थलो बनाउने नेता कार्यकर्ता माथि पार्टी स्तरबाट कारवाहीको मापदण्ड खडा गरी कारवाही गर्नुपर्ने देखिन्तछ । नेकपा भित्र चलिरहेका नेताहरुको जिवनशैली तथा सम्पत्ति आर्जनको सवालहरु जोरतोडले जनता समक्ष अहिले पुगिरहेका छन् ।  त्यसैकारण राज्य पक्षले पनि राज्यका निकायले पनि अवैध सम्पत्ति आर्जन गर्ने नेता माथि कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने देखिन्छ । चाहे त्यो जुनसुकै ठूलो नेता किन नहोस् ?

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?