राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 

राजविराज राजविराज
|
मंगलबार, भाद्र २४, २०८२
|
|
१७ पटक हेरिएको
Shares
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 

सारांश

  •     जेनजीको प्रदर्शन दिउँसो १ बजेदेखी तोडफोड र आगजनीमा परिणत भएपछी स्थिति तनावग्रस्त बन्दै गएको थियो ।
  • स्थिती नियन्त्रण बाहिर गएपछी जिल्ला प्रशासन कार्यालयले दिउँसो ३ः३० बजेदेखी राजविराज नगरपालिका र सो पालिकासँग जोडिएको विष्णुपुर गाउँपालिकाको केही क्षेत्रमा समेत अर्को आदेश जारि नभएसम्मको लागि कफ्र्यु आदेश जारि गरेको हो ।
  •       प्रदर्शनकारीले सप्तरी सदरमुकाम राजविराजस्थित नेकपा एमाले, नेपाली काँग्रेस, जनमत र जसपा नेपाल पार्टी कार्यालय भवनमा तोडफोड र आगजनी गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौ । 

    दुईदिनदेखी मुलुकभर भएको जेनजीको प्रदर्शन मंगलबार राजविराजमा अनियन्त्रित भएपछी स्थानीय प्रशासनले दिउँसो ३ः३० बजेदेखी अनिश्चितकालिन काफ्र्य आदेश जारि गरेको छ । यद्दपी कफ्र्यु आदेशको अवज्ञा गर्दै साँझसम्म पनि प्रदर्शन जारि रहेको थियो । 

    जेनजीको प्रदर्शन दिउँसो १ बजेदेखी तोडफोड र आगजनीमा परिणत भएपछी स्थिति तनावग्रस्त बन्दै गएको थियो । स्थिती नियन्त्रण बाहिर गएपछी जिल्ला प्रशासन कार्यालयले दिउँसो ३ः३० बजेदेखी राजविराज नगरपालिका र सो पालिकासँग जोडिएको विष्णुपुर गाउँपालिकाको केही क्षेत्रमा समेत अर्को आदेश जारि नभएसम्मको लागि कफ्र्यु आदेश जारि गरेको हो ।

    प्रदर्शनकारीले सप्तरी सदरमुकाम राजविराजस्थित नेकपा एमाले, नेपाली काँग्रेस, जनमत र जसपा नेपाल पार्टी कार्यालय भवनमा तोडफोड र आगजनी गरेका थिए । 

    त्यसपछी उनीहरु सरकारी कार्यालयमा तोडफोड र आगजनी गरे । प्रदर्शनकारीहरुले राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालयमा एक बस र एक पिकअप भ्यान, राजविराज नगरपालिकाको कार्यालयमा बारुणयन्त्र १, ट्याक्टर ४, स्कारपियो १, टिपर ३ र अरु २ वटा गाडीमा आगजनी गरेका छन् । यस्तै सघन शहरी कार्यालयमा पिकअप भ्यान ६ वटा, मोटरसाइकल ७ वटा, सप्तरी जिल्ला अदालतमा स्कारपियो २ र ४ वटा कारमा आगजनी गरिएको छ । यसैगरी नापी कार्यालयमा स्कारपियो १ र मोटरसाईकल १ सहित आगजनीबाट सबै कार्यालयका गाडीहरु जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्तेतले जानकारी दिए ।

    वन डिभिजन कार्यालयका सबै सामान बाहिर निकालेर आगजनी गर्नुका साथै उच्च अदालत जनकपुर राजविराज इजलाशमा पनि आगजनी गरिएको हो । यस्तै सप्तरी जिल्ला अदालतमा पनि आगजनी गरिएको छ । सो अगजनीबाट त्यहाँ रहेको करिब एक दर्जन सरकारी र व्यक्तिगत मोटरसाइकल समेत जलेर नष्ट भएको छ । राजविराजको सरकारी कार्यालयहरुमा भएको आगजनी र तोडफोडबाट अदालत, नापी नगरपालिकाको कागजातहरु पनि जलेर नष्ट भएको छ । पुर्व सिंचाईमन्त्री उमेश यादवको घरमा ढुंगामुढा तथा स्कारपियोमा पनि तोडफोड भएको छ । 

    प्रदर्शनकारीकाले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको भवनमा पनि तोडफोड गरेको महासंघका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए । दिनभर तनावग्रस्त राजविराजको इतिहासमै सबभन्दा ठुलो भौतिक क्षति भएको घट्ना भएको छ । यसैंक्रममा तीन जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    राजविराजस्थित गजेन्द्रचौक, रुपनीमोड लगायतका स्थानमा युवा विद्यार्थीहरु टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शन पश्चात उनीहरु जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा धर्ना बसेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना