दैनिक समाचारदाता
रौतहट, १३ मंसिर ।
रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ ।
जितसँगै सप्तरीले रु. १ लाख नगद प्राप्त गरेको छ भने उपविजेता सर्लाहीले रु. ५० हजारमै चित्त बुझाएको छ ।
प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न फाइनल खेलमा सप्तरीले सर्लाहीलाई ४६ रनले पराजित गर्दै सो उपाधि माथी कब्जा गरेको हो ।
सम्पन्न खेलमा सर्लाहीले टस जिति सप्तरीलाई पहिलो ब्याटिंङ गर्ने निम्तो दिएपछि ब्याटिङ गर्न ओर्लेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय २६ रनको योगफल तयार पारेको थियो ।
जसमा आशिष झाले ३४, कप्तान महवुव आलमले २४, बिकास दासले नटआउट २८ रनको योगदान दिएका थिए भने अविनाश कर्णले ११ रनको योगदान दिएका थिए ।
यता बलिंङतर्फ सर्लाहीका सन्दिप खडकाले २ बिकेट तथा सुशान्त सिंह, समशाद सेख, सोहन यादव र राजेश पुलामि मगरले सामान १ बिकेट लिएका थिए ।
१ सय २७ रनको चुनौति लिई मैदानमा ओर्लेको सर्लाही १९ औं ओभरमा ८० रनमै समेटिएको थियो । सर्लाहीका लागि राजेश पुलामि मगर २१ रन बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन् ।
यता सर्लाहीलाई सस्तोमा समेटन सप्तरीका कप्तान महवुव आलमले ४ बिकेट लिएका थिए भने उपेन्द्र रोयले ३ बिकेट लिएका थिए । तीन खेलाडी रनआउट भएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच सप्तरीका कप्तान महवुव आलम घोषित भएका थिए भने उनले बेष्ट बलर तथा म्यान अफ द सिरिजको उपाधि समेत हात पारे ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान सप्तरीका बिवेक यादव तथा उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खडका भएका थिए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजारसहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने अन्य बिद्या प्राप्त गर्ने खेलाडिलाई रु. ५ हजारसहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन
सारांश
- जितसँगै सप्तरीले रु.
- १ लाख नगद प्राप्त गरेको छ भने उपविजेता सर्लाहीले रु.
- ५० हजारमै चित्त बुझाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया