उच्च अदालतले डाक्नेश्वरी नगरपालिका र प्रमुख प्रशासकीय अधिकृतसँग मागे जवाफ 

राजविराज राजविराज
|
सोमबार, कार्तिक २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
उच्च अदालतले डाक्नेश्वरी नगरपालिका र प्रमुख प्रशासकीय अधिकृतसँग मागे जवाफ 

सारांश

  •     सोही नगरपालिका कार्यालयमा कार्यरत कर्मचारी उमेश प्रसाद साहले डाक्नेश्वरी नगरपालिका कार्यालय र प्रमुख प्रशासकिय अधिकृतलाई विपक्षी बनाई दायर गरेको अवहेलना मुद्दाको सुनवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।
  •       न्यायाधिश अचुतम कुमार आर्चाय र पुर्ण प्रसाद राजवंशीको संयुक्त इजलाशद्वारा जारी आदेशमा भनिएको छ – “विपक्षीलाई अदालतको अवहेलनामा कारवाही एवं सजाय हुनु पर्ने हो, होइन ?
  • “सजाय हुनु न पर्ने कुनै आधार र कारण भए ७ दिन भित्र सबुद प्रमाण सहित आफै वा कानुन बमोजिमको प्रतिनिधीमार्फत लिखित जवाफ लिई उपस्थित हुनु ।

दैनिक समाचारदाता
राजबिराज, २६ कात्तिक ।  

    उच्च अदालत जनकपुर–राजविराज इजलाशले सप्तरीको डाक्नेश्वरी नगरपालिका कार्यालय तथा प्रमुख प्रशासकिय अधिकृतलाई ७ दिन भित्र सबुद प्रमाणसहित आफै वा कानुन बमोजिमको प्रतिनिधीमार्फत लिखित जवाफ लिई उपस्थित हुन आदेश जारी गरेको छ । 
    सोही नगरपालिका कार्यालयमा कार्यरत कर्मचारी उमेश प्रसाद साहले डाक्नेश्वरी नगरपालिका कार्यालय र प्रमुख प्रशासकिय अधिकृतलाई विपक्षी बनाई दायर गरेको अवहेलना मुद्दाको सुनवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो । 
    न्यायाधिश अचुतम कुमार आर्चाय र पुर्ण प्रसाद राजवंशीको संयुक्त इजलाशद्वारा जारी आदेशमा भनिएको छ – “विपक्षीलाई अदालतको अवहेलनामा कारवाही एवं सजाय हुनु पर्ने हो, होइन ? “सजाय हुनु न पर्ने कुनै आधार र कारण भए ७ दिन भित्र सबुद प्रमाण सहित आफै वा कानुन बमोजिमको प्रतिनिधीमार्फत लिखित जवाफ लिई उपस्थित हुनु ।”
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ घर भई सोही नगरपालिका कार्यालय मातहतको पातो स्वास्थ्य शाखामा अधिकृत छैठो तहमा समायोजन पदस्थापना भई कार्यरत साहले आफुलाई पूर्वाग्रही भएर २०८१ साल असोज ११ गते नगरपालिका कार्यालयले गैरकानुनी ढंगले स्वास्थ्य चौकी भुतही सरुवा गरेको भन्दै न्यायका लागी अदालतको शरणमा पुगेका थिए । 
    पहिलो पटक उत्पे्रषण र परमादेशको माँग गर्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका साहको निवेदन उपर २०८१ कात्तिक ८ गते सुनवाई गर्दै न्यायाधिश बामदेव ज्ञवालीको एकल इजलाशले सरुवा सम्बन्धि निर्णय तत्काल कार्यान्वयन नगर्नु, गराउन र यथास्थितीमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षी डाक्नेश्वरी नगरपालिका कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । 
    अदालतको आदेश पछी आफु कार्यालयमा उपस्थित भई हाजिर गर्न खोज्दा नगरप्रमुख रामलखन मुखियाको आदेश भन्दै प्रमुख प्रशासकिय अधिकृत रामकिसुन यादवले हाजीर गर्न नदिएको साहको कथन छ । 
    अदालतको आदेश समेतको अवज्ञा गरी आपूmलाई हाजिर गर्न नदिएपछी बाध्य भई न्यायका लागी अदालतको अवहेलनामा कारवाही गरी पाउँ भनि रिट निवदेन दायर गरेको साहले बताए । उनले गैरकानुनी ढंगले गरिएको सरुवा बदर तथा अदालतको अवहेलना गर्ने विपक्षीहरुलाई कारवाही हुनु पर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए । 
    अदालतको अवहेलना मुदामा पछिल्लो पटक विपक्षीको नाममा ७ दिने म्याद सूचना जारी भएको र लिखित जवाफ परेपछी वा अवधी व्यतित भएछी आवश्यक न्याय कार्य सम्पादन हुने उच्च अदालत जनकपुर–राजविराज इजलाशले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह 
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
मोटरबाट करेन्ट लागेर बालकको मृत्यु
मोटरबाट करेन्ट लागेर बालकको मृत्यु
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह