दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
गर्मी बढेसँगै तराई मधेशमा सर्पदंशका घटनाहरु पनि बढेको छ । केही दिन यता बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा सर्पदंशको घटना ह्वातै बढेको हो ।
पछिल्लो १५ दिनको अवधीमा मात्र राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सर्पदंशका पीडित ५१ जनाले उपचार गराएको अस्पतालको तथ्याङ्कले देखाएको छ । सोमबार मात्रै सर्पदंशबाट पीडित ६ जना उपचारका लागी अस्पतालमा भर्ना छन् । यद्दपी उपचारका लागी भर्ना भएका मध्येबाट हालसम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ ।
सर्पदंशका कारण सोमबार उपचारका लागी आउनेहरुमा राजविराज नगरपालिकाका ६ वर्षिय बालक आयूश यादव, १४ वर्षिय संतोष यादव, तिरहुत गाउँपालिकाका ४० वर्षिय सुरेन्द्र मण्डल, १८ वर्षिया पिंकि यादव, तिलाठी कोइलाडी गाउँपालिकाका ५४ वर्षिया सिता देवी मेहता र ५० वर्षिया ज्ञानी देवी साह रहेको गजेन्द्र नारायण सिह अस्पताल आकस्मिक कक्षका अहेब जयकृष्ण गुरमैताले जानकारी दिए ।
अत्यधिक गर्मी र फाटफुट वर्षाका कारण दुलो र झारपातबाट सर्प बाहिर आउदा सर्पदंशको घट्ना बढ्दै गएको उनको भनाइ छ । उनले दैनिक ४ देखि ७ जना सम्म सर्पदंशबाट घाईते भई उपचारका लागी आउने गरेको जानकारी दिए । यसरी सर्पदंशबाट घाइते भई आउनेहरुमा ग्रामिण क्षेत्रको मात्र नभइ शहरी क्षेत्रका पालिकाका वासिन्दा समेत रहने गरेको उनको कथन छ ।
अत्याधिक गर्मीका कारण सर्पदंशको मात्र नभई अन्य रोगबाट समेत पीडित भइ आउने विरामीको चाप बढदै गएपछि भुई मै बेड राखेर भएपनि उपचार सेवा प्रदान गरिरहेको उनले बताए । सर्पदंशको घटना ह्वातै बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधी प्रयाप्त मात्रामा झिकाई स्टक गरिएको गजेन्द्र नारायण सिह अस्पताल प्रशासनले जनाएको छ ।
सर्पदंशबाट एकै दिन ६ जना उपचारका लागी भर्ना
सारांश
- पछिल्लो १५ दिनको अवधीमा मात्र राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सर्पदंशका पीडित ५१ जनाले उपचार गराएको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
- सोमबार मात्रै सर्पदंशबाट पीडित ६ जना उपचारका लागी अस्पतालमा भर्ना छन् ।
- यद्दपी उपचारका लागी भर्ना भएका मध्येबाट हालसम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया