सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 

राजविराज राजविराज
|
शनिबार, बैशाख ९, २०८०
|
|
५९ पटक हेरिएको
Shares
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 

सारांश

  •     राजविराज ४ स्थित नुरि जामा मस्जिद अगाडी मुश्लिम समुदायका मात्र नभई भिक्षाटनका लागि पुगेका हिन्दु धर्मावलम्बीलाई पनि जकात दिएर धार्मिक सद्भावको उदाहरण प्रस्तुत समेत गरे ।
  •       यस अवसरमा नुरि जामा मस्जिद कमिटि तथा स्थानिय मुश्लिम अगुवाहरुको अगुवाईमा मुख्य बजार क्षेत्र राजविराजको मेनरोडमा तवरुख (सेवई खिरको प्रसाद) बितरण कार्यक्रमको आयोजना पनि गरियो ।
  • जसमा हिन्दु समुदायका व्यक्ति पनि उल्लेख्य संख्यामा सहभागि भई तवरुख (प्रसाद) ग्रहण तथा एक अर्कालाई अंगालो हालेर शुभकामना आदान प्रदान गरे ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    एक महिना लामो रमजानको समाप्तिसँगै मुस्लिम समुदायले पवित्र ईद पर्व शनिबार धुमधामका साथ मनाएका छन् । मुश्लिम समुदायले पवित्र नमाज पढ्दै तथा विपन्न परिवारलाई सहयोग र खाद्यान्न बितरण गर्दै ईद पर्व मनाएका हुन् । 
    राजविराज ४ स्थित नुरि जामा मस्जिद अगाडी मुश्लिम समुदायका मात्र नभई भिक्षाटनका लागि पुगेका हिन्दु धर्मावलम्बीलाई पनि जकात दिएर धार्मिक सद्भावको उदाहरण प्रस्तुत समेत गरे । 
    यस अवसरमा नुरि जामा मस्जिद कमिटि तथा स्थानिय मुश्लिम अगुवाहरुको अगुवाईमा मुख्य बजार क्षेत्र राजविराजको मेनरोडमा तवरुख (सेवई खिरको प्रसाद) बितरण कार्यक्रमको आयोजना पनि गरियो । जसमा हिन्दु समुदायका व्यक्ति पनि उल्लेख्य संख्यामा सहभागि भई तवरुख (प्रसाद) ग्रहण तथा एक अर्कालाई अंगालो हालेर शुभकामना आदान प्रदान गरे । 
    मस्जिद तथा ईदगाहाहरुमा बिहानैदेखी मुश्लिम धर्मावलम्बीहरु पवित्र नमाजका लागि एकत्रित भएका थिए । पवित्र नमाज पढेपछि जकात अर्थात दान प्रदान गरिएको थियो । एक महिने कठोर ब्रत रोजाको उपवासपछि चन्द्रोदयको दर्शनसँगै मुश्लिम समुदाय ईद पर्व मनाएको नुरि जामा मस्जिदका मौलाना कैश रजाले बताए । 
    नेपाली काँग्रेसका युवा नेता एवं नुरि जामा मस्जिद कमिटिका महासचिव ईर्साद अन्सारीले ईदको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको त्रृटी वा रोजामा थप शुद्धताका लागि प्रत्येक व्यक्तिले २ किलो ४५ ग्रामका दरले गहुँ वा सो बराबरको रकम फितराको रुपमा अनिवार्य रुपमा मदरसा तथा गरिबलाई दान गर्ने परम्परालाई यस पल्ट पनि निरन्तरता दिइएको बताए । 
    त्यस्तै नुरि जामा मस्जिद कमिटिका अध्यक्ष तैयब अन्सारीले हरेक उमेर समूहका व्यक्ति सहभागि हुने यस पविज्ञ पर्वको मुख्य उद्देश्य आपसी भाईचारा र सद्भाव अझ प्रगाढ बनाउने तथा आर्थिक रुपमा कमजोरलाई सहयोग गर्नु नै रहेको बताए । 
    नुरि जामा मस्जिदका साथै जिल्लाको तोपा, रायपुर, फर्सैठ, पकरी, तरही, हनुमाननगर, कंचनपुर, कल्याणपुर, कुशहा, बोदेबरसाई, मुहली लगायतका स्थानमा रहेका मस्जिद र ईदगाहाहरुमा पनि बिहानैदेखी नमाज पढ्नेको घुँइचो लागेको थियो । 
    यस दिन हिन्दु धर्मावलम्बीका ईष्टमित्रलाई समेत निमन्त्रणा गरि आफ्नो घरमा खुवाउने र यसले सामाजिक सद्भाव बढाउने काम गरेको मुस्लिम अगुवा राजविराज ४ निवासी फैयाज अन्सारीको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?