सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित

सारांश

  •     कर्मचारीहरुलाई धम्क्याउने कार्य तथा कार्यालयमा सुरक्षित साथ काम गर्ने वातावरण नरहेको भन्दै कर्मचारीहरुले सेवा रोकेका हुन् ।
  •       कर्मचारीहरुद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारि गरि कामकाज उचित वातावरण निर्माण नभएसम्म काममा नफर्किने जनाइएको छ ।
  •       नगरपालिकाको प्राविधिक शाखाका सवइन्जिनियर किशोर यादवले चार दलिय गठबन्धनद्वारा नगरपालिका कार्यालयलाई लक्षित गरि थालिएको आन्दोलनले आफूहरु असुरक्षित भएकोले बाध्य भई काम रोक्नु परेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
    सप्तकोशी नगरपालिकाका कर्मचारीहरु सोमबारदेखी कामकाज रोकी आन्दोलित भएका छन् । 
    कर्मचारीहरुलाई धम्क्याउने कार्य तथा कार्यालयमा सुरक्षित साथ काम गर्ने वातावरण नरहेको भन्दै कर्मचारीहरुले सेवा रोकेका हुन् । 
    कर्मचारीहरुद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारि गरि कामकाज उचित वातावरण निर्माण नभएसम्म काममा नफर्किने जनाइएको छ । 
    नगरपालिकाको प्राविधिक शाखाका सवइन्जिनियर किशोर यादवले चार दलिय गठबन्धनद्वारा नगरपालिका कार्यालयलाई लक्षित गरि थालिएको आन्दोलनले आफूहरु असुरक्षित भएकोले बाध्य भई काम रोक्नु परेको बताए । 
    अघिल्लो दिन आइतबार आन्दोलनका नाममा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र तथा जसपाद्वारा गठित संघर्ष समितिले कार्यालयमा ढुंगामुढा गरि क्षति पु¥याएको थियो ।  
    आर्थिक वर्ष २०७८÷७९ मा नगर सभाद्वारा नगरका ११ वटै वडाका लागि तय गरिएको योजना कार्यान्वयनमा ल्याउनु पर्ने, महालेखा तथा आन्तरिक लेखा परिक्षकका क्रममा ठहर भएका बेरुजु विवरण सार्वजनिक गर्नुपर्ने, विभिन्न समयमा खरीद गरिएको उपकरणहरुको खरीद प्रक्रिया तथा कर्मचारी नियुक्ति लगायतका प्रकरणको छानबिन हुनुपर्ने लगायतका माग राखी गत माघ २४ गते नै नगर प्रमुखलाई चार दलिय गठबन्धनद्वारा गठित संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । 
    तर त्यसको वेवास्ता गरिएको भन्दै बिहीबार संघर्ष समितिद्वारा गरिएको तालाबन्दी एकपक्षिय रुपमा शुक्रबार खोलिएपछि विवाद चर्केको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउने पक्का
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा  ज्यान गुमाएका परिवारले पाएनन्  क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी