दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ स्थित बाढी प्रभावित क्षेत्र अन्तर्गत पोर्ताहामा एक शनिबार दिने पशु स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।
नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन सप्तरीद्वारा आयोजित तथा हनुमाननगर कंकालनी नगरपालिकाको संयोजनमा उक्त शिबिरको आयोजना गरिएको हो ।
शिबिरमा त्यस क्षेत्रका गाई, भैंसी, बाख्रामा बाझोपन, पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन, भिटामिनको कमि, मिनरलको कमि, कयाल्सियमको कमि हुन नदिनको लागि पशुको उपचार गरि २ सय ५० जना किसानलाई विभिन्न किसिमको औषधी बितरण गरिएको छ ।
पोर्ताहाका १ हजार २४ पशु चौपायालाई प्राथमिक उपचार गरिएको छ भने २ सय वटा बाख्राहरूलाई रोग लाग्न नदिनका लागि सुई लगाईएको पशु चिकित्सक प्रमेश्वर यादबले जानकारी दिएका छन् ।
शिबिरमा राजबिराजसहित जिल्लाका बिभिन्न एग्रोभेट, केन्द्रिय नेभ्ला तथा जिल्लाको प्राबिधिकहरू को ६० हजार बराबरको सहयोगमा पशुको औषधी बितरण गरिएको थियो ।
उक्त स्वास्थ्य शिबिरमा पशु चिकित्सक प्रमेश्वर यादब, महेन्द्र यादब, अमरेन्द्र झा, रामकुमार यादब, बिराजी मेहता लगायतले पुस चौपायाँको उपचार गरेका थिए ।
बाढीको बेला गाई बस्तुहरूमा हुन सक्ने सम्भाबित रोगहरूवाट जोगाउनको लागि एक दिनको शिबिर आयोजना गरिएको पशु प्राबिधिक तथा नेपाल पारा भेटेनरी लाईफभष्ट एसोसिएसन प्रदेश २ का ईन्चार्ज समेत रहेका प्रमेश्वर यादबले बताए ।
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
सारांश
- नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन सप्तरीद्वारा आयोजित तथा हनुमाननगर कंकालनी नगरपालिकाको संयोजनमा उक्त शिबिरको आयोजना गरिएको हो ।
- शिबिरमा त्यस क्षेत्रका गाई, भैंसी, बाख्रामा बाझोपन, पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन, भिटामिनको कमि, मिनरलको कमि, कयाल्सियमको कमि हुन नदिनको लागि पशुको उपचार गरि २ सय ५० जना किसानलाई विभिन्न किसिमको औषधी बितरण गरिएको छ ।
- पोर्ताहाका १ हजार २४ पशु चौपायालाई प्राथमिक उपचार गरिएको छ भने २ सय वटा बाख्राहरूलाई रोग लाग्न नदिनका लागि सुई लगाईएको पशु चिकित्सक प्रमेश्वर यादबले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया