कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, चैत्र १२, २०८१
|
|
६८ पटक हेरिएको
Shares
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु

सारांश

  •     राजविराज नगरपालिका १ चनौरा पडरिया निवासी ५३ बर्षीय तजमुल मियाँको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।
  •     कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको आरोपमा उनी सप्तरी जिल्ला अदालतमा आफै उपस्थित भएपछि २०८१ कार्तिक ११ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
  •     कारागारका जेलर प्रवीण कुमार अधिकारीका अनुसार सोमबार राति १० बजेतिर अचानक विरामी परेका उनलाई स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराईएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 

    राजविराज कारागारमा विगत ५ महिनादेखि बन्दी जिवन विताई रहेका एक कैदीको मंगलबार बिहान मृत्यु भएको छ ।
    राजविराज नगरपालिका १ चनौरा पडरिया निवासी ५३ बर्षीय तजमुल मियाँको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।
    कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको आरोपमा उनी सप्तरी जिल्ला अदालतमा आफै उपस्थित भएपछि २०८१ कार्तिक ११ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
    कारागारका जेलर प्रवीण कुमार अधिकारीका अनुसार सोमबार राति १० बजेतिर अचानक विरामी परेका उनलाई स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराईएको थियो । तर, स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि रेफर गरिएका उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान ८ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भयो । 
    मृतक मियाँ मधुमेह र उच्च रक्तचापका विरामी थिए । मंगलबार नै पोष्टमार्टम गरि शव आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    चार महिना अघि किर्ते जालसाज मुद्दामा पुर्पक्षका लागि सोही कारागारमा बन्दी जिवन विताईरहेका सप्तरीको शम्भुनाथ नगरपालिकाका ५९ बर्षीय रामप्रकाश शरण चौधरीको पनि विरामी परी विराटनगरस्थित नोवेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन