दैनिक समाचारदाता
राजबिराज, २१ असार ।
बालविकासका शिक्षक, शिक्षिका तथा कर्मचारीहरु पुनः आन्दोलित भएका छन् ।
सरकारले पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
न्यूनत्तम तलब सेवा सुविधा तथा जायज माग अविलम्ब सम्बोधन गर्न भन्दै सोमबार राजविराजमा उनीहरुले प्रदर्शन समेत गरेका छन् । प्रदर्शन पश्चात् नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आफूहरुको जायज माग अविलम्ब सम्बोधन गराउन पहलका लागि माग गरेका छन् ।
बालविकासका शिक्षक, शिक्षिका र विद्यालयका कर्मचारीहरु लामो समयदेखी न्यून पारिश्रमिकमा काम गर्नु पर्दा जिवन कष्ठर भएको तथा आफूहरुको समस्याप्रति तीन वटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सडकमा उत्रनु परेको उनीहरुले बताएका छन् ।
सरकारले आउँदो आर्थिक वर्षदेखी बालविकासमा कार्यरत शिक्षक, शिक्षिका तथा विद्यालय कर्मचारीको पारिश्रमिकप्रति महिना १५ हजार हुने उल्लेख छ । जसअनुसार संघीय सरकारबाट ८ हजार र स्थानिय सरकारबाट ७ हजार रकम उपलब्ध गराउने व्यवस्था भएको बालविकास शिक्षक हकहित संरक्षण समितिका अध्यक्ष सुनिता यादवको भनाई छ ।
तर, सरकारले तोकेको तलबको ८ हजार रकम मात्र उपलब्ध हुने विषयमा उनीहरुको गम्भिर आपत्ति रहेकोले छआफूहरुको जायज माँग अविलम्ब पूरा गर्न सरकारसँग सँग माग गरे ।
आफूहरुको माँग अविलम्ब सम्बोधन नगरे चरणबद्ध रुपमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी पनि दिएका छन् ।
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
सारांश
- सरकारले पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
- न्यूनत्तम तलब सेवा सुविधा तथा जायज माग अविलम्ब सम्बोधन गर्न भन्दै सोमबार राजविराजमा उनीहरुले प्रदर्शन समेत गरेका छन् ।
- प्रदर्शन पश्चात् नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आफूहरुको जायज माग अविलम्ब सम्बोधन गराउन पहलका लागि माग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया