पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित

राजविराज राजविराज
|
सोमबार, आषाढ २१, २०७८
|
|
५० पटक हेरिएको
Shares
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित

सारांश

  •     सरकारले पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
  •     न्यूनत्तम तलब सेवा सुविधा तथा जायज माग अविलम्ब सम्बोधन गर्न भन्दै सोमबार राजविराजमा उनीहरुले प्रदर्शन समेत गरेका छन् ।
  • प्रदर्शन पश्चात् नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आफूहरुको जायज माग अविलम्ब सम्बोधन गराउन पहलका लागि माग गरेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, २१ असार ।
    बालविकासका शिक्षक, शिक्षिका तथा कर्मचारीहरु पुनः आन्दोलित भएका छन् ।
    सरकारले पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
    न्यूनत्तम तलब सेवा सुविधा तथा जायज माग अविलम्ब सम्बोधन गर्न भन्दै सोमबार राजविराजमा उनीहरुले प्रदर्शन समेत गरेका छन् । प्रदर्शन पश्चात् नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आफूहरुको जायज माग अविलम्ब सम्बोधन गराउन पहलका लागि माग गरेका छन् । 
    बालविकासका शिक्षक, शिक्षिका र विद्यालयका कर्मचारीहरु लामो समयदेखी न्यून पारिश्रमिकमा काम गर्नु पर्दा जिवन कष्ठर भएको तथा आफूहरुको समस्याप्रति तीन वटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सडकमा उत्रनु परेको उनीहरुले बताएका छन् । 
    सरकारले आउँदो आर्थिक वर्षदेखी बालविकासमा कार्यरत शिक्षक, शिक्षिका तथा विद्यालय कर्मचारीको पारिश्रमिकप्रति महिना १५ हजार हुने उल्लेख छ । जसअनुसार संघीय सरकारबाट ८ हजार र स्थानिय सरकारबाट ७ हजार रकम उपलब्ध गराउने व्यवस्था भएको बालविकास शिक्षक हकहित संरक्षण समितिका अध्यक्ष सुनिता यादवको भनाई छ । 
    तर, सरकारले तोकेको तलबको ८ हजार रकम मात्र उपलब्ध हुने विषयमा उनीहरुको गम्भिर आपत्ति रहेकोले छआफूहरुको जायज माँग अविलम्ब पूरा गर्न सरकारसँग सँग माग गरे । 
    आफूहरुको माँग अविलम्ब सम्बोधन नगरे चरणबद्ध रुपमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी पनि दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी