दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार एक दिने आँखा तथा कान शिविर सम्पन्न भएको छ ।
स्थानीय आयोजक धर्मी हल्फा महिला विकास क्लब तथा नेपाल नेत्र ज्योती संघ सगरमाथा चौधरी आँखा अस्पताल लहान सिरहाको आयोजनामा सम्पन्न शिविरमा तीन सय स्थानीयहरुले सेवा पाएका छन् ।
सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सक राजकुमार यादवको नेतृत्वको टोलीले आँखा र कानका बिरामीहरुलाई चेकजाच गरेका थिए ।
शिविरमा आँखामा देखिएका मोतिया बिन्दुका १ सय १५ बिरामीलाई आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने तथा शिविरमा बिरामीहरुलाई औषधी निशुल्क प्रदान गरिएको स्थानिय आयोजकका अध्यक्ष ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सोही शिविरमा क्लबका अध्यक्षले यादवले नेपाल निजामति आधिकारी ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष भागवत यादव, सप्तरी अध्यक्ष रामनारायण महतो, खेलकुद क्षेत्रबाट आयुष श्रेष्ठ, संचार क्षेत्रबाट नवीन कुमार गुप्ता, सगरमाथा अपाङ्ग संघका सचिव बिरेन्द्र प्रसाद चौधरी, छिन्नमस्ता गाउँपालिकाका प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण, छिन्नमस्ता गाउँपालिका वडा नं. ७ की अध्यक्ष प्रमिलादेबी यादव र अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. ६ की अध्यक्ष कुसुम आचार्यलाई सम्मान समेत गरे ।
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
सारांश
- स्थानीय आयोजक धर्मी हल्फा महिला विकास क्लब तथा नेपाल नेत्र ज्योती संघ सगरमाथा चौधरी आँखा अस्पताल लहान सिरहाको आयोजनामा सम्पन्न शिविरमा तीन सय स्थानीयहरुले सेवा पाएका छन् ।
- सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सक राजकुमार यादवको नेतृत्वको टोलीले आँखा र कानका बिरामीहरुलाई चेकजाच गरेका थिए ।
- शिविरमा आँखामा देखिएका मोतिया बिन्दुका १ सय १५ बिरामीलाई आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने तथा शिविरमा बिरामीहरुलाई औषधी निशुल्क प्रदान गरिएको स्थानिय आयोजकका अध्यक्ष ई.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया