दैनिक समाचारदाता
राजविराज, ५ असार ।
राजविराजस्थित हटियाको जग्गा अतिक्रमण बारे नगरपालिकाको बोर्डको निर्णयलाई कार्यवाहक प्रमुखले आफूखुशी पुनः निर्णय गरेपछि मंगलबार बोर्डका सदस्यहरुले पत्रकार सम्मेलन गरि कार्यवाहक प्रमुखको रबैयाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।
आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलस र वडा अध्यक्षसहित १७ जना बोर्डका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा प्रवक्ता मण्डलले २०७९ मंसिर २९ गतेको हटियाको जग्गा अतिक्रमण बारे नगरपालिकाको बसेको बोर्डको बैठकले हटिया अवस्थित राजविराज नगरपालिकाको अधिनस्त जग्गा अतिक्रमण भएको ठहरे जति जग्गा अतिक्रमण हटाई खाली गर्ने निर्णयलाई कार्यान्वयन गर्न माग गरे । उनले ८ मिटर जग्गामा नगरपालिकाले अधिनस्त गरे ४ मिटर जग्गा अझै अतिक्रमित नै रहने दाबी गरे ।
उनले २०७९ साल चैत देखी ज्यालादारीमा राखिएको कर्मचारीलाई हटाउन माग गरेको तर, कार्यवाहक प्रमुख इसरत परबिनले लामो समयदेखी ज्यालादारीमा काम गरेकालाई समेत हटाउन अडान लिएपछि सो निर्णय हुँदा अधिकांश कर्मचारीहरुप्रति अन्याय भएको जिकिर गरे ।
कार्यवाहक प्रमुख इसरत परबिनले २०७९ साल फागुन २८ गते हटिया अनुगमनका क्रममा स्थानियको उपस्थितीमा बाटोको चौडाई ६ मिटर र नाला २ मिटर गरि जम्मा ८ मिटरमा गिलेशनदेखी छोडेर निर्माण कार्य गर्ने एकल निर्णय गरेकोप्रति खेद व्यक्त गरिएको छ ।
यता कार्यवाहक प्रमुख परिबनले हटियामा ८ मिटर जग्गाको डिपिआर भएको दाबी गर्दै सोही अनुसारको आफूले निर्णय गरेको संचारकर्मीलाई जानकारी दिइन् । उनले बाँकी अतिक्रमित जग्गा बारे गिलेशन निर्माणपछि अन्य काममा प्रयोग गर्ने समेत बताए । हाललाई गिलेशनको काम कुनै कारणले प्रभावित नहोस् भन्ने उद्देश्यले त्यस्तो निर्णय गर्न पुगेको लाचारी व्यक्त गरिन् ।
२०८० हसार १ गते बसेको कार्यपालिकाको बैठक स्थगित भएको दाबी गर्दै उनले सो बैठकमा वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच सर्पदंश भवन निर्माण कार्य टेण्डरमार्फत गर्ने विषयमा विवाद भएको भन्दै बैठक स्थगित भएको बताइन् । बैठक स्थगित भएपछि वडाअध्यक्षहरुले आफूअनुकुल निर्णय गरेको समेत जानकारी दिइन् ।
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
सारांश
- आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं.
- ८ का अध्यक्ष जयनारायण मण्डलस र वडा अध्यक्षसहित १७ जना बोर्डका सदस्यहरुको उपस्थिति रहेको थियो ।
- पत्रकार सम्मेलनमा प्रवक्ता मण्डलले २०७९ मंसिर २९ गतेको हटियाको जग्गा अतिक्रमण बारे नगरपालिकाको बसेको बोर्डको बैठकले हटिया अवस्थित राजविराज नगरपालिकाको अधिनस्त जग्गा अतिक्रमण भएको ठहरे जति जग्गा अतिक्रमण हटाई खाली गर्ने निर्णयलाई कार्यान्वयन गर्न माग गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया