दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मंगलवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
कुल २ हजार ७ सय ३१ मतदाता मध्ये १ हजार २ सय ७२ जनाले मतदान गरेकोे निर्वाचन संयोजक नन्दकिशोर यादवले जानकारी दिएका छन् । जुन कुल मतदाताको ४६.५७ प्रतिशत हो ।
मतदान अपरान्ह ४ बजे सम्म चलेको थियो । निर्वाचन प्रक्रियालाई मर्यादित र शान्तिपुर्ण बनाउन क्याम्पस प्रशासनका साथै प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशी, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सुरेन्द्र कोइराला, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेना लगायतले अनुगमन गरेका थिए ।
यस्तै मतदान स्थल सुरक्षाका लागी प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतको कमाण्डमा १ सय १५ नेपाल प्रहरी तथा ठुलो संख्यामा सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो ।
अध्यक्षसहित प्रत्यक्षतर्फ १० र समानुपाति तर्फ ९ गरी कूल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत यादवले जानकारी दिए । सहज रुपमा मतदान सम्पन्न गराउन ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ कायम गरिएको थियो ।
निर्वाचनमा मानविकी तर्फ तेश्रो वर्षका विद्यार्थी रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ६७ वर्षिय निर्भयकान्त झा र शारिरीक रुपमा अशक्त रहेकी सप्तरीको राजगढ गाउपालिकाकी २६ वर्षिया विभा कुमारी मण्डलले पनि मतदान गरेको निर्वाचन समितीका संयोजक यादवले जानकारी दिए । ६७ वर्षिय झा आफै हिडेर आएका थिए भने मण्डल ह्विल चेयर चढेर मतदान स्थल पुगेकी थिइन ।
सुरक्षा ब्यवस्था कडा पारिएकाले कुनै अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ । मतगणना कार्य मंगलबार रातीदेखी नै सुरु हुने निर्वाचन संयोजक यादवले जानकारी दिएका छन् ।
स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न, ४६.५७ प्रतिशत मतदान
सारांश
- कुल २ हजार ७ सय ३१ मतदाता मध्ये १ हजार २ सय ७२ जनाले मतदान गरेकोे निर्वाचन संयोजक नन्दकिशोर यादवले जानकारी दिएका छन् ।
- जुन कुल मतदाताको ४६.
- ५७ प्रतिशत हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया