ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी

राजविराज राजविराज
|
आइतबार, कार्तिक १९, २०८०
|
|
७५ पटक हेरिएको
Shares
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी

सारांश

  •     राजविराजस्थित मेनरोडका पसलहरुमा ग्राहक बनेर साहुलाई झुक्याएर नगद तथा सरसामान चोरी गरी फरार हुने ती चोरको प्रहरीले खोजतलास सुरु गरेको हो ।
  •       शनिबार साँझ राजविराजको मुख्य बजार मेन रोडका तीन पसलमा ग्राहक बनेर साहुलाई झुक्याउने ती चोरको तस्बीर सीसी टीभी क्यामरामा कैद भएपछि प्रहरीले खोजी तीब्र पारेको छ ।
  •       पसले एक्लै भएको मौकामा विभिन्न समान किन्ने भन्दै लामो सुची थमाएर झिक्न लगाउने र पसले समान झिक्न व्यस्त भएको मौका छोपी काउन्टरको गल्ला, बाकस, सन्दुक लगायतबाट नगद र काउन्टरमा राखिएका सरसमान चोरी गरी फरार हुने अपरिचित चोर बारे पीडित पक्षबाट जानकारी आएपछि खोज तलाश तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्त डिएसपी ढुण्डिराज नेउपानेले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 

    ग्राहक बनेर पसलहरुमा चोरी गर्दै हिड्ने एक व्यक्तिको प्रहरीले खोजतलास सुरु गरेको छ । 
    राजविराजस्थित मेनरोडका पसलहरुमा ग्राहक बनेर साहुलाई झुक्याएर नगद तथा सरसामान चोरी गरी फरार हुने ती चोरको प्रहरीले खोजतलास सुरु गरेको हो । 
    शनिबार साँझ राजविराजको मुख्य बजार मेन रोडका तीन पसलमा ग्राहक बनेर साहुलाई झुक्याउने ती चोरको तस्बीर सीसी टीभी क्यामरामा कैद भएपछि प्रहरीले खोजी तीब्र पारेको छ । 
    पसले एक्लै भएको मौकामा विभिन्न समान किन्ने भन्दै लामो सुची थमाएर झिक्न लगाउने र पसले समान झिक्न व्यस्त भएको मौका छोपी काउन्टरको गल्ला, बाकस, सन्दुक लगायतबाट नगद र काउन्टरमा राखिएका सरसमान चोरी गरी फरार हुने अपरिचित चोर बारे पीडित पक्षबाट जानकारी आएपछि खोज तलाश तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्त डिएसपी ढुण्डिराज नेउपानेले बताए । 
    नगरको मुटुमै रहेको माझी मार्केटको ३ वटा पसलबाट १७ हजार नगद तथा केही सरसमान चोरी भएपछी प्रहरीमा जानकारी गराएको पीडित मध्येका एक अन्जना माझीले बताईन् । उक्त मार्केटमा रहेको सीसीटीभीमा चोरको तस्बिर कैद भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?