प्रदेश २ सरकारद्वारा ३८ अर्ब बढीकोे बजेट सार्वजनिक, प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड

राजविराज राजविराज
|
आइतबार, आषाढ १, २०७६
|
|
३० पटक हेरिएको
Shares

सारांश

  •     आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कूल विनियोजनमध्ये चालू खर्च तर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार, पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार र वित्तीय व्यवस्थातर्फ २० करोड बजेट छुट्याएको हो ।
  •     प्रदेश २ को सदनमा आइतबार अर्थमन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा जनतासँग कार्यक्रमका लागि १२ लाख, न्यायपूर्ण समाज निर्माणका लागि आवश्यक बजेट छुट्याइने, प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, कर्मचारीलाई एक महिनाको अतिरिक्त तलब लगायतका कुराहरु उल्लेख छ ।
  •     यसैगरी, विद्यालयमा बालिका शौचालयका लागि ५ करोड, घुम्ती शौचालय सञ्चालन, मुख्यमन्त्री किसान आयोजनाका लागि २० करोड, मत्स्य विकास कोषका लागि १४ करोड, माटो परीक्षणका लागि बजेट, शीत भण्डारका ४० करोड, स्वच्छ खानेपानीका लागि विशेष योजनालगायतका शीर्षकहरु समेटिएका छन् ।

दैनिक समाचारदाता
जनकपुरधाम, १ असार । 
    प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कूल विनियोजनमध्ये चालू खर्च तर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार, पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार र वित्तीय व्यवस्थातर्फ २० करोड बजेट छुट्याएको हो ।
    प्रदेश २ को सदनमा आइतबार अर्थमन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा जनतासँग कार्यक्रमका लागि १२ लाख, न्यायपूर्ण समाज निर्माणका लागि आवश्यक बजेट छुट्याइने, प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, कर्मचारीलाई एक महिनाको अतिरिक्त तलब लगायतका कुराहरु उल्लेख छ ।
    यसैगरी, विद्यालयमा बालिका शौचालयका लागि ५ करोड, घुम्ती शौचालय सञ्चालन, मुख्यमन्त्री किसान आयोजनाका लागि २० करोड, मत्स्य विकास कोषका लागि १४ करोड, माटो परीक्षणका लागि बजेट, शीत भण्डारका ४० करोड, स्वच्छ खानेपानीका लागि विशेष योजनालगायतका शीर्षकहरु समेटिएका छन् ।
    यस्तै, खेत–खेतमा पानी, हात हातमा कामका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो । जैविक मल कारखानाका लागि पनि सरकारले बजेट छुट्याएको हो । प्रदेशलाई अँध्यारोमुक्त घोषणााका लागि दुई ठूला योजनाहरुको विकास गर्ने उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?