दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
राजबिराज प्रिमियर लिगको पाँचौ संस्करणको वडास्तरिय खेलमा लायन्स र राजबिराज वडा नं. ३ बिजयी भएका छन ।
मंगलवार सम्पन्न दुई वटा खेलमा राजबिराज ३ ले तिलाठीलाई ९८ रनले तथा लायन्स क्रिकेट टिमले बरहीलाई २८ रनले पराजित गर्दै बिजय भएको हो ।
तिलाठी र राजबिराज ३ बिच खेलमा राजबिराजले टस जितेर २० ओभरमा ९ बिकेट गुमाएर १ सय ९१ रनको योगफल खडा गरेको थियो भने प्रतिउत्तरमा तिलाठीले १९ ओभर २ बलमा सबै बिकेट गुमाई ९३ मात्र बनाउन सक्यो । उक्त खेलको म्यान अफ दि प्लेयर रोबिन सिँह घोषित भए ।
यसैगरी लायन्स र बरही टिम बिच भएको दोस्रो खेलमा लायन्सले निर्धारित ५ ओभरमा २ बिकेट गुमाई ७० रनको योगफल बनाएको थियो भने प्रतिउत्तरमा बरहीले ४ ओभरमा ४२ रन मात्र बनाउन सकेको थियो ।
खेलको म्यान अफ दि प्लेयर अमित यादब घोषित भएका थिए भने दुबै खेलका पुरस्कृत खेलाडीलाई सप्तरी क्रिकेटका उपाध्यक्ष धर्मेन्द्र चौधरी र लायन्स कल्वका संस्थापक संजय सिंह कार्कीले कप प्रदान गरेका थिए ।
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
सारांश
- मंगलवार सम्पन्न दुई वटा खेलमा राजबिराज ३ ले तिलाठीलाई ९८ रनले तथा लायन्स क्रिकेट टिमले बरहीलाई २८ रनले पराजित गर्दै बिजय भएको हो ।
- तिलाठी र राजबिराज ३ बिच खेलमा राजबिराजले टस जितेर २० ओभरमा ९ बिकेट गुमाएर १ सय ९१ रनको योगफल खडा गरेको थियो भने प्रतिउत्तरमा तिलाठीले १९ ओभर २ बलमा सबै बिकेट गुमाई ९३ मात्र बनाउन सक्यो ।
- उक्त खेलको म्यान अफ दि प्लेयर रोबिन सिँह घोषित भए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया