दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष तथा संचालक समितिमा दुई प्रदेशका गरि तीन जना निर्विरोध निर्वाचित भएका छन् ।
समितिको अध्यक्षमा के.बी.उप्रेती, संचालक समितिमा मधेश प्रदेशबाट विश्वनाथ मण्डल र गण्डकी प्रदेशबाट राम बहादुर जिसी निर्विरोध निर्वाचित भएका हुन् । तीनै जना दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
बैंकको १६ औ वार्षिक साधरणसभा अन्तरगत पुस ६ गतेका लागि तोकिएको उमेदवारी दर्ताका क्रममा अध्यक्ष उप्रेती र संचालक मण्डल र जिसिको पदमा एक उम्मेदवारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
बैंकको आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका लागि अन्य पदमा एक भन्दा बढी उमेदवारी परेको छ ।
अध्यक्ष, सात प्रदेशबाट ७ जना सञ्चालक (२ जना महिला सहित), ३ जना महिला सञ्चालक र ४ जना खुल्ला सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयोजक, खुल्ला सदस्य र महिला सदस्यका लागि उमेदवारी आह्वान गरिएको थियो ।
निर्वाचन उपसमितिले पुस ७ गते ५ बजेसम्म फिर्ता लिन चाहनेहरुका लागि समय दिएको छ । उमेदवारी फिर्ताको समयसम्म धेरै पदमा सर्वसम्मत हुन सक्ने जनाइएको छ । सर्वसम्मत नभएका पदहरुमा पुस १६ गते निर्वाचन हुने छ ।
सहकारी बैंकको संचालकमा मण्डल निर्विरोध
सारांश
- समितिको अध्यक्षमा के.
- बी.
- उप्रेती, संचालक समितिमा मधेश प्रदेशबाट विश्वनाथ मण्डल र गण्डकी प्रदेशबाट राम बहादुर जिसी निर्विरोध निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया