मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की

सारांश

  •     भारतीय नम्बरवाट ह्वाटस ऐपमा फोन गरी आर्थिक सहयोग माग गरेको र आफुले दिन अस्विकार गरेपछि आफुलाई धम्की दिएको गृह, सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेशको सभाहलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखीले जानकारी दिएका हुन् ।
  •       आफुलाई गोइतले पटक–पटक फोन गरेर आर्थिक सहयोग मागेको र आफु दिन अस्विकार गरेपछि तेस्रो पटक फोन गर्दा धम्कीपूर्ण भाषामा “तपाईले पैसा कसरी दिने हो त्यो मलाइ थाहा छ” भनेर गोइतले धम्की दिएको मन्त्री लेखीले बताए ।
  •     यस सम्बन्धमा प्रदेशको सुरक्षा वैठकमै प्रहरी अधिकारीहरुलाई जानकारी समेत गराइसकेको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले धम्की दिएका छन् । 
    भारतीय नम्बरवाट ह्वाटस ऐपमा फोन गरी आर्थिक सहयोग माग गरेको र आफुले दिन अस्विकार गरेपछि आफुलाई धम्की दिएको गृह, सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेशको सभाहलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखीले जानकारी दिएका हुन् । 
    आफुलाई गोइतले पटक–पटक फोन गरेर आर्थिक सहयोग मागेको र आफु दिन अस्विकार गरेपछि तेस्रो पटक फोन गर्दा धम्कीपूर्ण भाषामा “तपाईले पैसा कसरी दिने हो त्यो मलाइ थाहा छ” भनेर गोइतले धम्की दिएको मन्त्री लेखीले बताए ।
    यस सम्बन्धमा प्रदेशको सुरक्षा वैठकमै प्रहरी अधिकारीहरुलाई जानकारी समेत गराइसकेको उनले जानकारी दिए ।
    आफुले चार जिल्ला रौतहट, धनुषा, सिरहा र सप्तरीका केही प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको अवलोकन निरिक्षण गर्दा प्रहरी इन्र्चाजहरु नै प्रहरी अनुसाशनको पालना नगरेको पाइएको भन्दै उनले नागरिकप्रति जिम्मेवार भएर कामकाज गर्नका लागि सुरक्षा वैठकमा प्रहरी अधिकारीहरुलाई आग्रह गरेको जनाए । 
    आफु पारदर्शीरुपमा कार्यक्रमहरु गर्न खोज्दा एउटा मिडियाले भक्ताकै लागि कार्यक्रम गरेको भनेर भ्रम फैलाउने किसिमले समाचार समप्रेसन गरेको भन्दै भक्तको निमित्त नभएर सचेतनाको लागि मन्त्रालयले कार्यक्रम गरेको स्पष्ट पार्दै सरकारको कमी कमजोरीको वारेमा औल्याउनु राम्रो कुरा भएपनि पित पत्रकारिता गर्नु राम्रो कुरा नभएको उनको भनाई छ ।
    सबैले अचार सहिंताको पालना गर्नु पर्नेमा जोड दिदै उनले मन्त्रालयले आफु आएको चार महिनामा चार वटा कार्यक्रम मात्रै गरेको पत्रकारहरुलाई जानकारी गराए । 
    सोही पत्रकार सम्मेलनमा उनले जनकपुरधाममा मनाइने साताव्यापी सिता राम विवाह पञ्चमी महोत्सव र बाराको गढीमाइ मेलामा बाहिरबाट आउने तिर्थयात्री र श्रद्धालुहरुको सहजताको लागि सरोकारवाला विभिन्न पक्षसँग समन्वय भइरहेको र बाराको बरियारपुरमा मंसिर १५ गते शनिबार ११ वजे सुरक्षा वैठककै आयोजना गरिएको बताए । 
    विवाह पञ्चमी महोत्सवमा १४ सय भन्दा बढी सुरक्षाकर्मी जनकपुरधाममा परिचालन गर्ने स्थानीय प्रशासनले जानकारी गराएको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५ बहुमतले पारित
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
श्याम महोत्सव मनाईदै
श्याम महोत्सव मनाईदै
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन