दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
राजविराजको पहिलो नीजि विद्यालय विद्यालय ह्यापिल्याण्ड सेकेन्ड्री स्कुलले आइतबार आप्mनो ३९ औ स्थापना दिवस विभिनन कार्यक्रम गरि मनाएको छ ।
विद्यालय प्राङ्गणमै विद्यार्थीहरुबीच विभिन्न समूह बनाई आन्तरिक सांस्कृतिक, खेलकुद प्रतियोगिता गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बिदालयबाट २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट छात्र दिपक यादब र छात्रा रिचा चौधरी तथा २०७४ मा उत्कृष्ट छात्र शिवकपुर साह र छात्रा सुप्रिया ठाकुरलाई नगद ५ हजार सहित मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरेको बिद्यालयका संस्थापक पुष्प सिटौलाले जानकारी दिएका छन् । त्यस्तै बिद्यालयका कक्षा ११ र कक्षा १२ को विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कार बितरण गरिएको छ ।
बिद्यालयका संस्थापक अध्यक्ष पुष्प सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक सदस्य पुण्य लक्ष्मी सिटौला, बिद्यालयका प्रिन्सिपल बिजयानन्द झा, स्कुल क्याप्टेन पुष्पेन्द्र झा, सहायक प्रिन्सिपल नारायण बराल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
बि.स २०३६ साल स्थापना भएको बिद्यालयमा हाल प्ले ग्रुपसहित १ देखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको प्रिन्सिपल बिजयानन्द झाले जानकारी दिए । ४५ जना छात्रछात्रा तथा ५ जना शिक्षकबाट संचालनमा आएको बिद्यालयमा हाल १ हजार ५ सय छात्रछात्राहरू अध्यनरत रहेको प्रिन्सिपल झाले बताए ।
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम
सारांश
- विद्यालय प्राङ्गणमै विद्यार्थीहरुबीच विभिन्न समूह बनाई आन्तरिक सांस्कृतिक, खेलकुद प्रतियोगिता गरी स्थापना दिवस मनाएको हो ।
- कार्यक्रममा बिदालयबाट २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट छात्र दिपक यादब र छात्रा रिचा चौधरी तथा २०७४ मा उत्कृष्ट छात्र शिवकपुर साह र छात्रा सुप्रिया ठाकुरलाई नगद ५ हजार सहित मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरेको बिद्यालयका संस्थापक पुष्प सिटौलाले जानकारी दिएका छन् ।
- त्यस्तै बिद्यालयका कक्षा ११ र कक्षा १२ को विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कार बितरण गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया