विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १०, २०७७
|
|
२४ पटक हेरिएको
Shares
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु

सारांश

  •     गाउँकै रामकुमार मण्डलले छोरीको विवाहका लागि विद्यालय प्रयोग गर्न प्रस्ताव राखेका थिए ।
  • तर, प्रधानाध्यापक रबिन्द्र यादवले विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले सो प्रस्ताव अस्विकार गरेपछि मण्डल र उनका आफन्तले शुक्रबार राती जबरजस्ती मूल गेटको ताला फुटाएर पण्डाल निर्माण गरेका थिए ।
  •       यता विद्यार्थी, अभिभावक, विद्यालय र स्थानिय प्रशासनको हस्तक्षेपपछि विद्यालय परिसरमा गाडिएको टेन्ट, पण्डाल लगायतका सरसामानहरु हटाइएपछि सोमबारदेखी पठनपाठन सूचारु भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
    सप्तरीको राजगढ गाउँपालिका २ स्थित खुबलाल जगरनाथ शक्ति आधारभुत विद्यालयमा विवाह प्रयोजनका लागि बन्द गराइएको विद्यालय सोमबारदेखी सुचारु भएको छ । 
    गाउँकै रामकुमार मण्डलले छोरीको विवाहका लागि विद्यालय प्रयोग गर्न प्रस्ताव राखेका थिए । तर, प्रधानाध्यापक रबिन्द्र यादवले विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले सो प्रस्ताव अस्विकार गरेपछि मण्डल र उनका आफन्तले शुक्रबार राती जबरजस्ती मूल गेटको ताला फुटाएर पण्डाल निर्माण गरेका थिए । 
    यता विद्यार्थी, अभिभावक, विद्यालय र स्थानिय प्रशासनको हस्तक्षेपपछि विद्यालय परिसरमा गाडिएको टेन्ट, पण्डाल लगायतका सरसामानहरु हटाइएपछि सोमबारदेखी पठनपाठन सूचारु भएको छ । 
    विद्यालयमा भोजभतेर, सभासम्मेलन र पठनपाठन नै अवरुद्ध हुने गरि कुनै क्रियाकलाप गर्नुहुन्न भनी सम्झाउँदा पनि मण्डलले नमानेको उनको भनाई छ । 
    बिहेमा जबरजस्ती विद्यालय बन्द गराएको विषयमा निकै आलोचना भएपछि प्रअ यादवले यस विषयमा स्थानिय प्रशासनलाई समेत जानकारी गराएपछि सोमबार बिहानै प्रहरी, अभिभावक र विद्यार्थीको सहयोगमा विद्यालय परिसर खाली गराई पठनपाठन सूचारु भएको छ । 
    यस्तै वडा अध्यक्ष ललित सिंहले भविष्यमा पठनपाठन नै अवरुद्ध हुने गरि विद्यालय हाताभित्र कुनै पनि कार्यक्रम गर्न नदिने गरि वडा र गाउँपालिका कार्यालयबाट ठोस निर्णय गर्ने तयारी भइरहेको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण
वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
लोसपाद्वारा चिनिया राजदुतलाई फिर्ता पठाउन माग
लोसपाद्वारा चिनिया राजदुतलाई फिर्ता पठाउन माग
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
दुईलाख मुल्य बराबरको पटका नष्ट
दुईलाख मुल्य बराबरको पटका नष्ट