मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 

राजविराज राजविराज
|
आइतबार, आषाढ ७, २०७७
|
|
५२ पटक हेरिएको
Shares
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 

सारांश

  •     सो घटनाबारे मुसहर समुदायले जिल्ला प्रशासन कार्यलय, कञ्चनरुप नगरपालिका र वडा कार्यलयलाई ज्ञापन पत्र बुझाएपनि कुनै पहल हुन सकेको छैन् ।
  •       विगत लामो समयदेखी मुसहर समुदाय उक्त नदी उकास जग्गा खनजोत गरेर जिविका चलाइरहेको जमिन हुनेखानेहरुले दावी गरेपछि बिच्चलीमा परेका छन् ।
  • सरकारले भर्खर पारित गरेको नीति तथा कार्यक्रममा भूमि बैंक मार्फत नदी उकास जग्गा भुमिहीन सुकुम्बासीलाई उपलब्ध गराउने कुरा उल्लेख गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
    सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित महुली खोलाको नदी उकास जग्गा विगत ४० बर्षदेखी जोतभोग गर्दै आएका मुसहरलाई बञ्चित गरिएको छ । 
    सो घटनाबारे मुसहर समुदायले जिल्ला प्रशासन कार्यलय, कञ्चनरुप नगरपालिका र वडा कार्यलयलाई ज्ञापन पत्र बुझाएपनि कुनै पहल हुन सकेको छैन् । 
    विगत लामो समयदेखी मुसहर समुदाय उक्त नदी उकास जग्गा खनजोत गरेर जिविका चलाइरहेको जमिन हुनेखानेहरुले दावी गरेपछि बिच्चलीमा परेका छन् । सरकारले भर्खर पारित गरेको नीति तथा कार्यक्रममा भूमि बैंक मार्फत नदी उकास जग्गा भुमिहीन सुकुम्बासीलाई उपलब्ध गराउने कुरा उल्लेख गरेको छ । 
    मुसहर समुदायका ३२ परिवारले ५ कट्टोखी एक विगहासम्म नदी उकास जग्गामा दिनरात मिहिनेत गरेपछि थोरै भएपनि अन्न उब्जाऊ गरी जेनतेन जिविका चलाउन थोरै भएपनि मद्दत पुगेको थियो । तर स्थानीय केही व्यक्तिहरुले नदी उकासको जग्गा आफनो नम्बरी भएको दावी गर्दै मुसहर समुदायले भोग गरीरहेको जग्गामा जर्बजस्ती हत्याउने प्रयास गरेको स्थानीय रामनारायण सदा (भुटाई) ले बताए ।
    स्थानीय सकलदेव सदाले भने, “सिमान्तकृत मुसहर समुदाय पूर्णरुमा भूमिहीन सुकुम्बासी रहेको हुँदा मात्र बञ्चित भएका छौं तर, अरु सयौं किसानहरुले नदी उकास जग्गा खनजोत गरिरहेका छन् । उनीहरुलाई कुनै अवरोध छैन । हामी मुसहर र राम समुदायलाई मात्रै हुनेखानेहरुले अवरोध गरिरहेका छन् ।” 
    उनले भने, “हामी मुसहर समुदायका अगुवाहरुले दुई साता अघि नै घटनाबारे जिल्ला प्रशासन कार्यालय, सप्तरी, कञ्चनरुप नगरपालिका नगर प्रमुख वसन्तकुमार मिश्र र वडा नम्बर ११ का वडाअध्यक्ष जिब्रिललाई घटनाबारे लिखित रुपमा जानकारी गराएका छौं । तर कत्तैबाट पहल भएको छैन । अव त धान रोप्ने बेला भयो सक्यो । उनीहरु समूहमा झगडा गर्ने गरी आउँछन्, तर हामी झगडा गर्ने पक्षमा छैनौं । ’ 
    दलित सरोकार मञ्च नेपालका जिल्ला संयोजक राजकुमार पासवानले मुसहर समुदायले ४० बर्षदेखी खनजोथ गर्दा नम्बरी भएको दावी गर्नेहरुले केही भनेन् तर, जब नदी उकास जग्गा उब्जाउ भएपछि मुसहर समुदायलाई जोतभोगबाट बेदखल गर्ने प्रयास गरिएको आरोप लगाए । उनले यो संविधान विपरीतको काम भएको दाब िसमेत गरे ।
    यता राष्ट्रिय मुसहर संघका महासचिव रामस्वरुप सदाले मुसहर लगायत दलित समुदायमाथि तीनै तहका जनप्रतिनिधिहरुकै मिलोमतोमा शोषण भइरहेको भन्दै स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले घटनाबारे तत्काल पहल नगरे आन्दोलन गर्नु बाहेक कुनै विकल्प नहुने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ