दैनिक समचारदाता
असार, १ असार ।
सिरहा नगरपालिका वडा नं. १६ स्थित चन्द्र नारायण मेमोरियल अस्पताल नजिकबाट संरक्षित बन्यजन्तु कस्तुरीको बिणा जस्तो देखिने बस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका २१ का २५ बर्षीय कैलाश कुमार यादव र १३ का २८ बर्षीय आभास कुमार यादव रहेका छन् ।
ना.२२ प.८००४ र बीआर०७जेड३३२० नम्बरको भारतीय पल्सर मोटरसाइकलमा माडरबाट सिरहा बजारतर्फ आउदै गरेका कैलाश र आभासलाई बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शंका लागि प्रहरीले शरीर तलासी गर्दा शंकास्पद संरक्षित वन्यजन्तु कस्तुरीको बिणा जस्तो देखिने १२ ग्राम तौल भएको बस्तु फेला पारेकोले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कस्तुरीको विणा जस्तो देखिने वस्तुसहित दुई पक्राउ
सारांश
- ना.
- २२ प.
- ८००४ र बीआर०७जेड३३२० नम्बरको भारतीय पल्सर मोटरसाइकलमा माडरबाट सिरहा बजारतर्फ आउदै गरेका कैलाश र आभासलाई बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया