आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
६७ पटक हेरिएको
Shares
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन

सारांश

  •     नेपाल मगर संघ र नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी सप्तरी अगाडी धर्ना दिइएको थियो ।
  •       धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र समेत पठाइएको छ ।
  • धर्नामा सहभागि भएकाहरुले काठमाडौं महानगरपालिका ११ बस्ने अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर जातीको मान, सम्मान र प्रतिष्ठामा आँच पु¥याउने खालको अभिव्यक्ति दिएको भन्दै उनी बिरुद्ध कडा कारवाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।

    मगर र तामाङ समुदायका बिरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्तामाथी कडा कारवाहीको माग गर्दै राजविराजमा सोमबार प्रदर्शन गरिएको छ । 
    नेपाल मगर संघ र नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी सप्तरी अगाडी धर्ना दिइएको थियो । 
    धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र समेत पठाइएको छ । धर्नामा सहभागि भएकाहरुले काठमाडौं महानगरपालिका ११ बस्ने अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर जातीको मान, सम्मान र प्रतिष्ठामा आँच पु¥याउने खालको अभिव्यक्ति दिएको भन्दै उनी बिरुद्ध कडा कारवाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए । 
    नेपाल मगर संघ जिल्ला समितिकी अध्यक्ष साधना राणामगर तथा नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीका अध्यक्ष सुर्यमान सिंङदान तामाङको अगुवाईमा प्रमुख जिल्ला अधिकारी थापामार्फत गृहमन्त्रीलाई पठाइएको पत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरि विवादास्पद् अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कानुन बमोजिम कडा कारवाही हुनुपर्ने, शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गर्ने जिल्ला प्रहरी परिसर टेकुका प्रमुखसहित संलग्न अन्य प्रहरीलाई कारवाही गर्नुपर्ने तथा आन्दोलनका क्रममा प्रहरीको दमनबाट घाइते भएका अदिवासी जनजातीका अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ । 
    पत्रमा मगर र तामाङ समुदायबिरुद्ध विवादास्पद् अभिव्यक्ति दिने अधिवक्ता पाण्डेमाथी कारवाहीको माग गर्दै साउन १७ गते काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र नियन्त्रणमा लिएर चरम यातना दिएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी