आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
४३ पटक हेरिएको
Shares
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन

सारांश

  •     नेपाल मगर संघ र नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी सप्तरी अगाडी धर्ना दिइएको थियो ।
  •       धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र समेत पठाइएको छ ।
  • धर्नामा सहभागि भएकाहरुले काठमाडौं महानगरपालिका ११ बस्ने अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर जातीको मान, सम्मान र प्रतिष्ठामा आँच पु¥याउने खालको अभिव्यक्ति दिएको भन्दै उनी बिरुद्ध कडा कारवाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।

    मगर र तामाङ समुदायका बिरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्तामाथी कडा कारवाहीको माग गर्दै राजविराजमा सोमबार प्रदर्शन गरिएको छ । 
    नेपाल मगर संघ र नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी सप्तरी अगाडी धर्ना दिइएको थियो । 
    धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र समेत पठाइएको छ । धर्नामा सहभागि भएकाहरुले काठमाडौं महानगरपालिका ११ बस्ने अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर जातीको मान, सम्मान र प्रतिष्ठामा आँच पु¥याउने खालको अभिव्यक्ति दिएको भन्दै उनी बिरुद्ध कडा कारवाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए । 
    नेपाल मगर संघ जिल्ला समितिकी अध्यक्ष साधना राणामगर तथा नेपाल तामाङ धेदुङ जिल्ला समिति सप्तरीका अध्यक्ष सुर्यमान सिंङदान तामाङको अगुवाईमा प्रमुख जिल्ला अधिकारी थापामार्फत गृहमन्त्रीलाई पठाइएको पत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरि विवादास्पद् अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कानुन बमोजिम कडा कारवाही हुनुपर्ने, शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गर्ने जिल्ला प्रहरी परिसर टेकुका प्रमुखसहित संलग्न अन्य प्रहरीलाई कारवाही गर्नुपर्ने तथा आन्दोलनका क्रममा प्रहरीको दमनबाट घाइते भएका अदिवासी जनजातीका अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ । 
    पत्रमा मगर र तामाङ समुदायबिरुद्ध विवादास्पद् अभिव्यक्ति दिने अधिवक्ता पाण्डेमाथी कारवाहीको माग गर्दै साउन १७ गते काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र नियन्त्रणमा लिएर चरम यातना दिएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते 
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते 
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास