दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ, निष्पक्ष सम्पन्न गराउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
शनिवार राजबिराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा संचारकर्मीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले सप्तरीको चुनाव सफल बनाउन संचारकर्मिहरूको भुमिका ठुलो रहेकोले तथ्यमा आधारित समाचार सम्प्रेसन गरी चुनाव सम्पन्न गराउन भुमिका निर्वाहका लागि आग्रह समेत गरे ।
निर्वाचन आयोगको तालिकाका अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोले संचारकर्मिहरूलाई सहजै सुचना, समाचार संकलन गर्न वातावरण मिलाएको उनले बताए ।
उनले उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्पन्नपछि मंसिर २६ गते निर्वाचन चिन्ह उपलब्ध गराउने कार्य रहेको जानकारी दिए ।
चुनाव हुने मिति मंसिर ४ गते भन्दा १७ दिन अघिदेखी मात्र उम्मेदवारहरुले प्रचारप्रसार गर्न सक्ने उनले स्पष्ट समेत पारे । त्यसअघि कात्तिक १६ गतेसम्म उम्मेदवारले कुनै प्रकारको चुनावी गतिविधी गर्न नपाउने भन्दै उनले त्यसो गरेको पाइएमा चुनाव आचारसहिंता विपरित उम्मेदवारलाई कारवाही गर्न सकिने जानकारी समेत दिए ।
मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा संचारकर्मिहरूलाई आ–आप्mनो मिडियाको प्रेस कार्ड झुन्डाएर मतदान स्थलमा सुचना संकलन गर्न आग्रह गरेका छन भने मतगणना हुने मतपरिणामको ताजा अपडेट अनलाईन मार्फत गरिने ब्यबस्थापन मिलाएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रदेश २ निर्वाचन कार्यालय सहायक मतदान अधिकृत कुमार मास्के, सप्तरी प्रहरी प्रमुख अभिनारायण काफ्ले, जिल्ला निर्वाचन अधिकारी रमेश जोशी लगायत संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत
सारांश
- शनिवार राजबिराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा संचारकर्मीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
- उनले सप्तरीको चुनाव सफल बनाउन संचारकर्मिहरूको भुमिका ठुलो रहेकोले तथ्यमा आधारित समाचार सम्प्रेसन गरी चुनाव सम्पन्न गराउन भुमिका निर्वाहका लागि आग्रह समेत गरे ।
- निर्वाचन आयोगको तालिकाका अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोले संचारकर्मिहरूलाई सहजै सुचना, समाचार संकलन गर्न वातावरण मिलाएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया