दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा बुधबार राती भएको आगलागिमा एक जना जलेर घाइते भएका छन् भने आगलागिमा १५ लाख मुल्य बराबरको क्षति भएको छ ।
आगो निभाउने क्रममा घरधनी सोमप्रसाद आचार्य घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको हात, खुट्टा र शरीर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आचार्यकै गाईगोठमा बालेको आगो सल्केर गाईगोठ पुर्ण रुपमा जलेर क्षति भएको छ भने उनको दुई तल्ले घरको समेतमा आशिंक क्षति हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही आगोमा एउटा पाडा र दुई वटा बाख्रा समेत जलेर मरेको छ ।
स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगोलाई पुर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
सारांश
- आगो निभाउने क्रममा घरधनी सोमप्रसाद आचार्य घाइते भएका हुन् ।
- आगो निभाउने क्रममा उनको हात, खुट्टा र शरीर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- आचार्यकै गाईगोठमा बालेको आगो सल्केर गाईगोठ पुर्ण रुपमा जलेर क्षति भएको छ भने उनको दुई तल्ले घरको समेतमा आशिंक क्षति हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया