दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा बुधबार राती भएको आगलागिमा एक जना जलेर घाइते भएका छन् भने आगलागिमा १५ लाख मुल्य बराबरको क्षति भएको छ ।
आगो निभाउने क्रममा घरधनी सोमप्रसाद आचार्य घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको हात, खुट्टा र शरीर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आचार्यकै गाईगोठमा बालेको आगो सल्केर गाईगोठ पुर्ण रुपमा जलेर क्षति भएको छ भने उनको दुई तल्ले घरको समेतमा आशिंक क्षति हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही आगोमा एउटा पाडा र दुई वटा बाख्रा समेत जलेर मरेको छ ।
स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगोलाई पुर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
सारांश
- आगो निभाउने क्रममा घरधनी सोमप्रसाद आचार्य घाइते भएका हुन् ।
- आगो निभाउने क्रममा उनको हात, खुट्टा र शरीर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- आचार्यकै गाईगोठमा बालेको आगो सल्केर गाईगोठ पुर्ण रुपमा जलेर क्षति भएको छ भने उनको दुई तल्ले घरको समेतमा आशिंक क्षति हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया